शुक्रवार, 15 जुलाई 2016

अविश्वास प्रस्तावको सामना गर्ने सरकारको निर्णय

PM-Office-of-Nepal३१ असार, काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
मन्त्रिपरिषद बैठकले अहिलेको परिस्थितिको संवैधानिक व्यवस्थाअनुसार सामना गरेर अघि बढ्ने निर्णय गरेको सरकार प्रवक्ता शेरधन राईले जानकारी दिए ।मन्त्रिपरिषद बैठकले आदित्य प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने तथा लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैठकले बाँकेबाट लिएको चार भारतीयको नागरिकता खारेज गरेको छ भने नागरिकता दिनेमाथि छानविन गर्ने निर्णय गरेको छ ।

कोई टिप्पणी नहीं: