मंगलवार, 26 जुलाई 2016

कालिगण्डकी नदिमा पांच दशक यताकै ठुलो बाढी, नदि किनारा बस्ति बाढीको चपेटमा

खडक लाफा , कारिकोट श्रावण ११ - गुल्मिको रुद्रबेनीको बदिघाट खोला रुद्रबेनीको पक्की पुल सम्म आएकोछ। बदिगाड खोलाको पानीले रुद्रबेनी बजार जलम्य देखिन्छ।बिगत २०१८ साल पछि कै उच्च बाढीभएको बुदापाका बताउछन।
उर्ल्ली खोलाको बस्ती पुरै दुबानमा परेकोछ।देउपाटन बजार लाई पनि कालिगन्दकीले घेरबन्दी नदि आसपासमा उच्च जोखिम भएकोछ। त्यस्तै गुल्मीको चोरकाटे बजार ,उर्ल्लिखोला बजार लगायत खोला किनाराका सबै बस्तिहरु बाढीको चपेटमा परेको खबर छ।यस्तै पर्बत,स्याङ्जा ,र गुल्मीको सेतिबेनी बजारमा पनि बाढीको चपेटमा परेको समाचार जानकारी हुनआएको छ । प्राप्त जानकारी अनुसार सेतीबेनीका १० घर डुबानमा परेकोछ। साथै पिडितहरुलाई सुरक्षित स्थानमा सारिएकोछ बर्षा निरन्तर भएकोले थप क्षेती हुन सक्ने संभावना बढेको छ। स्थानिय प्रसाशन ले सतर्क रहन स्थानिय सन्चार माध्यम बाट सुचना गरिरहेको छ ।
यस्तै रिडि खोलामा पनि पानीको बहाब बध्दै गयको छ। रिडिमा बिहान २ बजे तिरबाट भीषण बाढी आउदा रिडी बगर क्षेत्रमा रहेका तीन वटा घर टहराहरु बगाएको छ। केही घण्टाको समयमै कालिगण्डकीको सतह बढे पछी ती घर टहराहरु बगेका हुन। अहिले रिडि बजारका स्थानिय मानिसहरु उद्धारका लागि जुटिरहेका छन। होटल ब्यबसायी यम नारायण भण्डारिको होटललाई बगाउने प्रयास भइ रहेको हुदा त्यहाँ उद्धारको कार्य जारी रहेको छ। थप क्षेतीको विवरण आउन बाकी।
तस्बिर सौजन्य : सुन्दर कसजू (रूरू नेटवर्क रिडी) 




कोई टिप्पणी नहीं: