बुधवार, 9 मार्च 2016

इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाए पनि महंगोमा तेल बेच्दै निगम

२६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटे पनि नेपाली उपभोक्ता महँगो मूल्य नै तिरिरहेका छन् । इन्डियन आयल कर्पोरेसनले जनवरी १५ यता ५ वटा नयाँ मूल्यसूची पठाए पनि निगमले भने भाउ घटाएको छैन । अाजको कारोबार दैनिकमा समाचार छ ।
Nepal-Oilअन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा आईओसीबाट नेपाललाई इन्धन सस्तो परे पनि निगमले भने २ महिनाअघिकै मूल्य उपभोक्ताबाट असुलिरहेको छ । आईओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । आईओसीले जनवरी १५,३० फेब्रुअरी १, १५ तथा मार्च १ को समेत मूल्यसूची पठाइसकेको छ । १ सातापछि मूल्य घटाउन कुनै छलफलसमेत गरेको छैन । ग्यासबाहेकका सबै इन्धनको भाउ घटेर आएको छ । 

कोई टिप्पणी नहीं: