बुधवार, 9 मार्च 2016

७ महिनासम्म ५७७ नेपाली कामदारको विदेशमा मृत्यु

२६ फागुन, काठमाडौ । चालू आर्थिक वर्षको ७ महिनासम्म रोजगारीको लागि विदेशिएका नेपाली युवा मध्ये ५७७ को मृत्यु भएको छ । ७० नेपाली कामदार अंगभंगभई स्वदेश फर्केका छन् । वैदेशिक रोजगार प्रवद्धन बोर्डको तथ्याङ अनुसार चालू आवको पहिलो ७ महिनामा विदेशमा मृत्यु भएका ५७७ नेपाली कारमदारका परिवारलाई आर्थिक साहयता प्रदान गरिएको अाजको कारोबार दैनिकमा समाचार छ । बोर्डको कल्याणकारी कोषबाट प्रतिमृतक कारमदारको परिवारलाई ३ लाख रुपैयाँ अर्थिक साहयता प्रदान गरिन्छ । त्यस्तै विदेशमा काम गर्दागर्दै घाइते वा अंगभंग भई घर फर्केका ७० कामदारलाई ७० हजारदेखि ३ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइएको बोर्डले जनाएको छ ।  

कोई टिप्पणी नहीं: