बुधवार, 9 मार्च 2016

बाबुराम भन्छन्, “नयाँ शक्तिमा नेता र कार्यकर्ताबीच उचनिचको व्यवहार हुँदैन”

नुवाकोट, फागुन २६ । नयाँ शक्ति निर्माण अभियान जिल्ला समन्वय समितिको आयोजनामा हिजो वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता र औचित्यबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक न्यायसहितको राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्दै समुन्नत समाजवादको निर्माण गर्नु नयाँ शक्तिको मुख्य राजनीतिक कार्यदिशा भएको बताएका छन् ।
नयाँ शक्ति एउटा पार्टीमात्र नभएर एउटा विशाल र दीर्घकालीन अभियान र आन्दोलन पनि रहेको बताउँदै उनले पुरानो शक्तिमा झैं नयाँ शक्तिमा नेता र कार्यकर्ताबीच श्रेणीगत विभेद नहुने भएकाले आमनागरिकलाई अभियानमा सरिक हुन आग्रह गरे । नयाँ शक्ति नेपालका केन्द्रीय सल्लाहकार डा. योगी विकासानन्दले परिवर्तन, आर्थिक समृद्धि र खुसी जीवनका लागि नयाँ शक्तिको विकल्प नरहेको बताए । रासस 

कोई टिप्पणी नहीं: