बुधवार, 9 मार्च 2016

शेर्पा समुदाय आज ग्याल्पो ल्होसार मनाउदै

फागुन, २६ काठमाडौं । शेर्पा समुदायले आज नयाँ बर्षका रुपमा ग्याल्पो ल्होसार मनाउदै छन् । शेर्पा समुदायले यस पर्वलाई ३ दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछ । यस अवसरमा शेर्पा समुदायले पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरि मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गरि मनाउने गर्दछन् ।
Loshar (1) यसैबीच, ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै यस पर्वले आपसी सद्भाव  नेपाली जनताबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्दै  परम्पराको संरक्षण तथा प्रर्वद्धन गर्न सवैमा हौसला प्रदान गरोस भन्ने कामना गरेका छन् । ग्याल्पो ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । 

कोई टिप्पणी नहीं: