काठमाण्डौ, फागुन २० - मगर मिडिया डट,कम नामक डिजिटल अनलाईन पत्रिकाको औपचारिक शुरुवात भएको छ । सोमबार काठमाण्डौमा भएको मगर आमसंचारकर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलनमा आपुर्ती मन्त्री गणेशमान पुनले मगर मिडिया डट,कमको साईट खोलेर उद्घाटन गर्नुभएको हो । मगरसंघ बेलायत र द मगर्स क्रियशन प्रोडक्स अफ नेपालको सहयोगमा मगर आमसंचार कर्मी समाजले मगर मिडिया डट,कमको शुरुवात गरेको हो । डिजिटल पत्रिकाको उद्घाटन गर्दे मन्त्री पुनले जातिय पहिचान प्राप्ती संगै आम मगर एकता र अधिकार प्राप्तीको लागी बुलन्द रुपमा आवाज उठाउन यसले ठुलो सहयोग गर्ने बिश्वास लिनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, उपाध्यक्ष गंगा बहादुर थापा, महासचिब नबिन रोका, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन सिंग लामा, पुर्ब प्रहरी महानिरिक्षक कुवेर सिंग राना, मगर संघ बेलायतका सल्लाहकार मेजर कृण्ण बहादुर आले लगाएतका ब्यतिmहरुले मगर मिडिया संचालनमा आएकोमा खुशि ब्यक्त गर्दे यसको निरन्तरताको लागी शुभकामना दिएका थिए ।
मगर आमसंचारकर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलनबाट बनेको मगर पत्रकार संघको बैठकले संघका महासचिब देब पचभैयाको संयोजकत्वमा मगर मिडिया संचालन गर्ने निर्णय गरेको नवनिर्बाचित अध्यक्ष मनोज घर्तीले जानकारी दिनुभयो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें