२४ फागुन, बनेपा । भूकम्पका कारण क्षति भएका संरचना पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोकमा २१ वटा सेवा केन्द्र स्थापना भएको छ । पुनःनिर्माणका लागि तीनदेखि छवटा गाविस पर्ने गरी स्रोत केन्द्र तोकिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए ।
उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि नाम पठाउन अनुरोध गरेपछि सो सेवा केन्द्र तोकिएको उल्लेख गर्दै काम कहिलेबाट सुरु गर्ने भन्ने विषयमा विस्तृत जानकारी नआएको बताए । यसले भौतिक संरचनाको निर्माणमा सहजीकरण गर्न काम गर्ने प्रजिअ पन्थीले बताए । सेवा केन्द्र जिल्लाको विकट क्षेत्र डाँडापारिको गोकुलेदेखि कोसीपारिको चौबासबाहेक मङ्गलटार, पोखरीनारायणस्थान, बूढाखानी, महादेवटार, कार्तिकेदेउराली, पाँचखाल, धुलिखेल, बनेपालगायतका क्षेत्रमा रहने छ । यसअघि १७ वटा स्थानमा मात्रै सेवा केन्द्र राख्ने निर्णय परिवर्तन गरेर २१ पुर्याइएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धुलिखेलमा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने भएको छ र त्यसले काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक र सिन्धुली जिल्लामासमेत पुनःनिर्माणका लागि काम गर्नेछ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें