सोमवार, 7 मार्च 2016

बंगलादेशलाई हराउँदै भारतले जित्यो एशिया कप

India२४ फागुन, काठमाडौं । एशिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार मध्यरातमा सम्पन्न फाइनल भिडन्तमा घरेलु टोली बंगलादेशलाई ८ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । वषर्ाले प्रभावित खेल १५ ओभरमा छोट्याइएको थियो । बंगलादेशले ५ विकेट गुमाएर १२० रन बनायो । उसका लागि सविर रहामानले अविजित ३२ रज जोडे । जवाफमा मैदान उत्रिएको भारतले १३.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको जितमा शिखर धवनले ६० रन जोडे भने विराट कोहलीले ४१ रनको योगदान दिए ।  

कोई टिप्पणी नहीं: