काठमाडौं, फागुन १० । माघ ६ गते बैंकक लागेका ज्ञानेन्द्र शाह अहिले उतै छन् । उनले त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलदेखि चिनियाँ उपविदेशमन्त्रीसम्मलाई भेटेको बताइन्छ । ज्ञानेन्द्रले राजतन्त्र अन्त्य भएपछि भारत र चीनविरुद्ध गतिविधि बढेको बताएको आजको साँघु साप्ताहिकले लेखेको छ । राजतन्त्र अन्त्य भएपछि ‘फ्रि तिब्बत मुभमेन्ट’ बढेको भनेर उनले चिनियाँ पक्षलाई कन्भिन्स गर्न खोजेका थिए । भारतलाई चाहिँ नेपाल अन्तर्राष्ट्रिय आतंककारीको क्रीडास्थल हुने खतरा देखाएका थिए । यही कारणले गर्दा राजतन्त्र ब्युँताउन ज्ञानेन्द्रले ‘बेबी किङ’को अवधारणा अघि सारेको बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रलाई उनका बालसखा प्रभु शमशेरले थाइल्यान्डमा बसेर सघाइरहेको बताइन्छ । त्यस्तै भारतको कट्टर हिन्दूवादी समूह र बीजेपीको एउटा सशक्त पक्ष नेपालमा बेबी किङसहितको हिन्दू राज्य चाँडोभन्दा चाँडो पुनःस्थापना गर्ने पक्षमा रहेको बताइन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें