१० फागुन, काठमाडौं । सीरियाको होम्स र दमिश्क सहरमा आइतबार भएका विष्फोटबाट कम्तिमा १ सय ४० जनाको मृत्यु भएको छ । सरकारी सन्चार माध्यमहरुले यसको पुष्टि गरेका छन् । अनुसार दमिश्कको दक्षिणी शहर सैय्यदा जेनबमा कमसे कम चार बिष्फोट भए र त्यसमा ८३ जना मारिए । दमिश्कको सैय्यदा जेनब शिया मुस्लीम समुदायको सबैभन्दा पबित्र स्थल मानिन्छ ।
यसअघि होम्स सहरमा भएको कार बम विष्फोटमा ५७ जनाको मृत्यु भएको थियो । यस घटनामा मारिनेहरुमा अधिकांश सर्बसाधारण छन् । इस्लामिक स्टेट नामक चरमपंथी संगठनले यी घटनाहरुको जिम्मेवारी लिएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले सीरियामा युद्धविराम गर्न रुसमा एक अस्थायी सम्झौता भएको बताइरहेका बेला उक्त घटना भएको हो । अमेरिकी विदेशमन्त्री केरीले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग युद्धविरामबारे आफ्नो कुराकानी भएको र दुबै देश युद्ध विरामको शर्त मान्न सहमत भएको बताएका थिए ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें