सोमवार, 22 फ़रवरी 2016

तपाइले २ लाख पुरस्कार पाउनुभयो’ भन्दै सर्वसाधारण ठग्ने दुई पक्राउ

१० फागुन, फिदिम, । एनसिएल एपको दुरुपयोग गर्दै पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, पोखरा स्याङ्जाका सर्वसाधारण ठग्नेलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ । आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै झापा गौरादह- ९ का प्रकाश दाहाल  र मोरङ पथरी-९ का मेघनाथ गिरी  लाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको छ ।
krishna .photoतेह्रथुम आठराई  छातेढुङ्गाका तारानाथ सुनुवार र फिदिम-१, का प्रेम तामाङले आफूहरु ठगिएको भन्दै उजुरी गरेपछि दाहाल र गिरी पक्राउ परेका हुन् । माघ ११ गते सुनुवारको र २३ गते तामाङको उजुरी परेपछि अनुसन्धान तिब्र पारेर खोजी गर्दै जादा फागुन ४ गते काठमाण्डौबाट दाहाल र गिरी पक्राउ परेका हुन् । ठग्ने दुवैलाई थप अनुसन्धान गरेर ठगी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले बताए । एनसिएल एपको सहयोगले ठग्नु पर्ने व्याक्तिसंग फोनवार्तासम्मको सम्पर्क स्थापना भएपछि ठगले एनसि एलको कर्मचारी बोलेको नाटक गर्दै ठग्ने गरेको खुलासा भएको छ ।
तपाईलाई एनसिएलको २ लाख रुपियाँ पुरस्कार परेको छ तुरुन्तै कर वापतको रकम पठाउनुहोला भन्दै उनीहरुले ठगेको बताइएको छ । कर बापत भन्दै प्रतिव्यक्ति २६ देखि ३६ हजार रुपियाँसम्म आइएमई मार्फत पठाई मागेर उनीहरुले ठग्न भ्याएका देखिएको छ । यहि क्रममा उनीहरुले  १० जना सम्मलाई ठगेको अध्ययनबाट देखिएको प्रनाउ कोइरालाले बताए ।

फोनवार्ता क्रममा आज दिउसो २ बजेभित्र कर वापतको रकम नपठाए पुरस्कार पाउनु हुने छैन भन्दै ठगले ल्योभ्याएपछि पिडित फस्न पुगेको प्रहरीले जनाएको छ ।  पुरस्कारकै आशमा साथीभाईसंग तत्काल ऋण गरेर ठगहरुलाई पैसा पठाई दिएको भन्दै पिडितले बताएको प्रहरीले जनाएको छ ।
उजुरी आएपछि अनुसन्धन बढाउने क्रममा १३ जना जती दाहाल र गिरीबाटै ठगिने अवस्थामा रहेको भेटेपछि तत्काल त्यो रोक्न पनि सफल भएको प्रनाउ कोइरालाले बताए । यसरी ठगी गर्ने मुख्य योजनाकार ठगी गरेरै नेपालका जेल परेर ४ महिना अघि छुटेका भारत राजस्थानका समित शर्मा रहेको अनुसन्धानबाट खुलेको छ ।
समितले नेपाल भारत नाका रक्सौल बसेर फोनबाट पुरस्कारको लोभमा पार्दै सर्वसाधारणलाई आइएमईमा पैसा लगाउन लाउने गरेको बुझिएको छ । दाहाल र गिरी विभिन्न ठाउँको आइएमईमा पुगेर नक्कली कागजात पेश गर्दै पैसा झिक्ने गरेको देखिएको छ । उनै ठगले मोरङको पथरी आइएमई र झिलझिले कन्काई विकास वैंकबाट पैसा झिकेको सिसि क्यामरा फुटेजबाट पत्ता लागेपछि प्रहरीले खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् ।
ठग्ने उपयोगका लागि उनीहरुले २८ वटासम्म एनसिएल सिम प्रयोग गर्दै फल्दै गरेको भेटिएको प्रनाउ कोइरालाले बताउनुभयो । काठमाडौ अपराध महाराजगञ्ज शाखाको सहयोगमा दाहाल गिरी पक्राउ परेको र अमितको पनि खोजी भइरहेको  कोइरालाले बताए । 

कोई टिप्पणी नहीं: