रविवार, 14 फ़रवरी 2016

बुटवल सुख्खानगरमा १३९ औँ लखन स्मृति दिवस मनाइयो

बुटवल फाल्गुन २ - नेपाल मगर संघ नगर इकाई समिती वडा नम्बर १० सुख्खानगरले आज सुख्खानगर स्थित शान्ति बौद्ध गुम्बामा १३९ औं प्रथम शहिद क्या. लखन थापा मगर स्मृति दिवस मनाएकोछ। कार्यक्रममा प्रमुख अतिथी समाजसेवी ई. गम प्रसाद रेश्मी साथै बिशेष अतिथिमा समाजसेवी गोपाल चौहान मगरजीले आसन ग्रहण गर्नु भएको थियो।
यस अवसरमा प्रथम शहिद क्या. लखन थापा मगरको तस्बिरमा माल्यार्पण साथै दिप जलाईएको थियो भने पुर्बज समाजसेवी बृद्ध क्या. केवल सिंह गाहा र क्या. मन बहादुर रानालाइ मायाको चिनो सहित सम्मान गरिएको थियो। साथै कार्यक्रममा अतिथि बक्ताहरुले क्या. लखन थापा मगरको बारेमा प्रकाश पारेका थिए ।
 



कोई टिप्पणी नहीं: