सोमवार, 15 फ़रवरी 2016

युवा क्लबको रजत जयन्ती भब्यताको साथ संपन्न

कारिकोट फाल्गुन ३ - श्री भगवती जनकल्याण युवा क्लबको २५औ बार्षिकउत्सव तथा रजत महोत्सवको उपलक्ष्यमा आयोजित वडा स्तरीय भलिबल प्रतियोगता भब्यताका साथमा समापन भएको छ।२६ टिमले सहभागिता जनाएको खेलमा श्री कालिका युवा क्लब कारिकोट-५ प्युँघा प्रथम,श्री सञ्जिवनी युवा समूह आलमदेवी-३लसर्घावेसी द्वितीय,श्री जनज्योति क्लव आलमदेवी-६देउराली तृतीय स्थान प्राप्त गरेका छन भने खेलमा उत्कृष्ट खेलाडी सञ्जिवनी का खेलाडी टेक ब.थापा लाई चयन गरिएको थियो।
बिजयी टिम तथा खेलाडीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि श्री कृष्णबहादुर लामिछाने तथा बिशिस्ट अतिथि श्री बम लामिछानेको हातबाट पुरस्कार बितरण गरिएको थियो भने कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष श्री यम ब.सोमै कार्यक्रम सञ्चालन कमल ढकालले गर्नु भएको थियो।

कोई टिप्पणी नहीं: