शनिवार, 13 फ़रवरी 2016

भूपू सैनिक कल्याण क्लब बुटवलको २९ औँ स्थापना दिवस भब्यताको साथमा संपन्न

बुटवल फाल्गुन १ - बुटवल उपमहानगर पालिका वडा नम्बर १० देबिनगरको हात्ती सुदमा अवस्थित भूपू सैनिक क्लब भवनको खेलमैदान प्रांगणमा आज भूपू सैनिक कल्याण क्लब बुटवलको २९ औँ स्थापना दिवस तथा खेलकुद कार्यक्रम भब्यताको साथमा संपन्न गरिएकोछ। सदा जस्तै यस वर्ष पनि क्लबले विभिन्न खेलकुद प्रतियोगिताको साथमा रंगारंग सांस्कृतिक कार्यक्रम गरेको थियो। 
जसमा बास्केटबल प्रतियोगितामा तिलोत्तमा प्रथम र देबिनगरले द्वितीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो। त्यस्तै भलिबल प्रतियोगितामा दिपनगर प्रथम साथै देबीनगर द्वितीय हुन सफल भएको थियो  

कोई टिप्पणी नहीं: