कपिल ज्ञवाली/बुटवल,माघ ५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ कुमारी भन्ने स्थानमा एक जना पुरुषको हत्या भएको छ । सोमबार बेलुका करिब १० बजेतिर घरकै बिस्तरामा सुतिरहेको अबस्थामा ४५ बर्षिय पदम थापाको बिभत्सढंगले हत्या भएको हो । हत्या भएको समयमा उनकी श्रीमती घरबाहिर रहेकोले थप आशंका बढेको छ । उनीहरुले १० बजेसम्म खाना समेत खाएका थिएनन् । दैनिक मदिरा सेवन गरेर घर परिवारका सबै सदस्यलाइ दुख दिने, पिट्ने गरेको उनकी श्रीमती रेनु थापाले प्रहरीसंगको बयानमा भनेकी छन् ।
टाउकोमा धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले नागरिक आवाजलाई बताए । ‘हत्या संकास्पद छ,आफ्नै घरमा सुतेका थापाको हत्याले आशंका समेत पैदा गरेको छ,यसबारेमा अनुसन्धान शुरु गरेका छौैं ’–डिएसपि खड्काले भने ।डिएसपी खड्का नेतृत्वको टोली राती १ बजेदेखि आज बिहान ८ बजे सम्म घटनास्थलमै खटेको थियो । थापाका ३८ बर्षिय श्रीमती,१८ बर्षिय १ छोरी र १६ बर्षिय छोरा रहेका छन् । १ तले घरमा ३ वटा कोठामात्र रहेका छन् ।

प्रहरीले अहिलेसम्म कसैलाइ पनि नियन्त्रणमा लिएको छैन । अनुसन्धान जारी रहेको बताइएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें