शनिवार, 23 जनवरी 2016

नेपाल राष्ट्रको पुनःपरिभाषाको खाँचो

 माघ ९ - वर्तमान नेपालको संविधानले राष्ट्र भन्नाले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली समग्रमा राष्ट्र हो’ भनेको छ ।
नेपाल राष्ट्रको पुनःपरिभाषाको खाँचो हुन त राष्ट्र वा राष्ट्रियता भन्ने पदावली परिभाषित गर्न सहज छैन, किनकि राज्यपिच्छे फरक फरक अर्थमा समुदाय विशेषले यसको व्याख्या गरेको हामी पाउँछौं । ‘राष्ट्र’, वा ‘राष्ट्रिय’ भनेर कसरी देख्ने र बुझ्ने ? त्यो समुदाय विशेषको अर्थ हुन्छ, बुझिन्छ, समुदायमा भर पर्छ । यो बुझ्नका लागि हामीले राज्य, राष्ट्र, जाति वा राष्ट्रिय पहिचानजस्ता पदावली बुझ्नुपर्ने हुन्छ । राज्य र राष्ट्र एकअर्काको पर्यायका रूपमा दुरुपयोग भएको पाउँछौ । वास्तवमा राष्ट्र भनेको एउटा समुदायजस्तै हो । जस्तो बङ्गाली समुदाय भन्छौं वा चिनियाँ समुदाय, कहीँ कतै भेट्यौं वा देख्यौं भने । तर ती दुवैले आ–आफ्नै राष्ट्रको परिचय बोकेका हुन्छन् । बङ्गाली समुदायको बङ्गलादेश वा चिनियाँ समूह वा समुदायको विशाल राष्ट्र जनगणतन्त्र चीन । यहाँ हेर्दा समुदाय र राष्ट्र एकअर्काका पर्यायजस्तै हो । त्यही समुदाय बङ्गाली भाषा, संस्कृति र पहिचानको छ, त्यो नेपालमा बङ्गाली जाति वा समुदायका रूपमा लिइन्छ, तर बङ्गलादेशमा राष्ट्र । अमेरिकाको क्यालिफोर्निया सहरमा चाइना टाउनको चिनियाँ समुदाय गणतन्त्र चीनमा राष्ट्र । भाषा, संस्कृति, लिपि, समाज उही हो । कुनैमा फरक छैन । छ भने राज्यमा मात्र फरक हो । त्यसकारण राज्य र राष्ट्र बिल्कुलै भिन्न कुरो हो ।

‘राष्ट्र’, वा ‘राष्ट्रिय’ भनेर कसरी देख्ने र बुझ्ने ? त्यो समुदाय विशेषको अर्थ हुन्छ, बुझिन्छ, समुदायमा भर पर्छ । यो बुझ्नका लागि हामीले राज्य, राष्ट्र, जाति वा राष्ट्रिय पहिचानजस्ता पदावली बुझ्नुपर्ने हुन्छ ।
भारतीय राज्य भनेको बङ्गाली समुदाय राष्ट्रको मात्र नभई अन्य अनगिन्ती समुदाय वा राष्ट्रको सङ्घ (युनियन) हो । जस्तो पञ्जावी, बङ्गाली, गुजराती, मराठी, नागा, त्रिपुरा, आसामी अनगिन्ती । त्यस्तै, चिनियाँ राष्ट्र पनि कुनै जातिको नभै बहुसङ्ख्यक हान र अन्य अल्पसङ्ख्यक मङ्गोलियन, तिब्बती, उइग्युर आदिको हो । दुवैको आधारभूत साझा अन्तर्वस्तु भनेको ‘समुदाय’ हो । मानिसको समुदाय जब एकबद्ध रूपमा उभिन्छ, त्यसबाट निःसृत शक्ति राष्ट्रको सार्वभौमिकता (सामूहिक शक्ति) समुदाय बसोबास गरेको स्थानमा अभिव्यक्त हुन्छ, राज्य (सङ्गठित शक्ति) मार्फत ।यसको अर्थ राष्ट्र–राज्य एउटा प्रादेशिक सार्वभौम शक्तिको सङ्गठित रूपमा व्यक्त हुने भयो । त्यो भनेको कि त एउटा राज्यमा अनगिन्ती समुदाय वा राष्ट्र कुनै न कुनै डोरोले व्यक्त अव्यक्त रूपमा बाँधिएका हुन्छन् । त्यही एकताले एकैसाथ व्यक्त गर्ने शक्तिले आकार लिएपछि राज्य बलियो हुने हो । भारतको सन्दर्भमा बहुजातीय समुदायहरू, राष्ट्रहरू एउटा सिङ्गो राज्यमा सङ्गठित भई एकीकृत सार्वभौम शक्ति व्यक्त गर्छन्, ‘हमारा राष्ट्र भारत महान्’ भनेर । जबकि चीनमा दर्जनौं जाति जनजातिसहितको हान जातिको वर्चस्वमा ‘हाम्रो महान राष्ट्र चीन’ भनेर सार्वभौमिकता व्यक्त गरेका छन् ।
यहाँनिर नेपाल कहाँ पर्छ भनेर विवेचना गर्ने हो भने हामीले एकातिर बहुलतामा आधारित हाम्रो सामाजिक यथार्थलाई प्रतिविम्बित गर्ने गरी सङ्घीयतालाई अङ्गीकार गरी सकेपछि बहुराष्ट्रिय राज्यको मार्गमा गइसक्यौं । तर संविधानले त्यो स्वीकार गर्न नसकी गोलमटोल ढंगले राष्ट्रको परिभाषा अङ्गीकार गर्‍यो । बेग्लाबेग्लै समुदायहरूको राष्ट्रियतालाई स्वीकार नगरी पौने तीन करोड जनताको जातीय, भाषिक तथा धार्मिक बहुलतालाई सम्बोधन गरियो । आजको संविधानले वास्तविक बहुलतालाई स्वीकार गरेन र बोक्रे बहुलताको चर्चा मात्रै गर्यो । 
भारतीय राज्य भनेको बङ्गाली समुदाय राष्ट्रको मात्र नभई अन्य अनगिन्ती समुदाय वा राष्ट्रको सङ्घ (युनियन) हो । जस्तो पञ्जावी, बङ्गाली, गुजराती, मराठी, नागा, त्रिपुरा, आसामी अनगिन्ती ।
राष्ट्रको आधारभूत परिभाषा समुदाय स्तरसम्म अर्थ बोक्ने विचारको दुरुपयोग भएर प्रयोग हुन थालेपछि ‘छल’, ‘बल’, वा ‘कर’ ले स्थापित गरेको एउटा भूप्रदेशमा रहेको आम आवादीलाई ‘यो भूप्रदेश तिमीहरूको राष्ट्र हो’ भनेर एकलकाँटे व्याख्या गरेर त्यहाँ बसोबास गर्ने व्यक्तिहरूको अधिकतम योगलाई राष्ट्र भनिएको छ । कुनै पनि समुदाय एउटा भूप्रदेश ओगटेर उत्पत्तिदेखि नै बसेको हुन्छ वा आप्रवासी भई त्यहाँ उसले कब्जा जमाएर बसेको हुन्छ, उसले आफ्नो पहिचान मुखरित हुने भिन्न राज्यको परिकल्पना गरेर सङ्गठित बनेको हुन्छ । इतिहासकार तथा राजनीतिशास्त्री बेनेडिक्ट एण्डर्सनको बुझाइको राष्ट्र भनेको ‘परिकल्पित राजनीतिक समुदाय’ हो, त्यसले मानिसको सोचको दुनियाँको कुरो गर्छ । त्यस्तो परिकल्पित राजनीतिक समुदाय राजनीतिक सचेतनतासहित एउटा ‘एब्स्ट्राक्ट’ (अमूर्त) राजनीतिक उद्देश्यले प्रेरित हुन्छ । कुनै पनि भाषा, नस्ल, धर्म वा जातीय चिन्हहरू एउटै वा साझा नभए पनि एउटा राष्ट्रिय पहिचानको ‘एउटा बलियो साझा पहिचान’को अनुभूति गरेको हुन्छ ।
समाजशास्त्री म्याक्स वेबरको बुझाइमा एउटा जाति जुन एउटा साझा उत्पत्तिले एउटा निश्चित राष्ट्र वा राष्ट्रिय एकाइमा बाँधिएको हुन्छ, जुन साझा राष्ट्रियताको विश्वासमा गुणात्मक दृष्टिले बाँध्छ, ती मानिसका विभिन्न चरित्र ः जस्तो धर्म, भाषा, नस्ल, प्रथाजस्ता कुराले राष्ट्रियता बन्छ । बीसौं शताब्दीको सुरुवातमा साझा भाषाको चरित्र एउटा प्रमुख आधार हुने गथ्र्याे । गालिक भाषा आइरिस राष्ट्रको एउटै आधार लिइन्थ्यो । नेपालले नेपाली भाषाको राष्ट्रलाई जबरजस्त लाद्न प्रयत्न गरिरहेछ । हरेक दश पाइलामा भिन्न भाषा बोल्ने जमात सुनेर पनि नसुनेझैं गरी नेपाली भाषाको वर्चस्वलाई लाद्ने नेपालको संविधानको उद्देश्य देखिन्छ ।
चिनियाँ राष्ट्र पनि कुनै जातिको नभै बहुसङ्ख्यक हान र अन्य अल्पसङ्ख्यक मङ्गोलियन, तिब्बती, उइग्युर आदिको हो । भारत र चीनको आधारभूत साझा अन्तर्वस्तु भनेको ‘समुदाय’ हो । मानिसको समुदाय जब एकबद्ध रूपमा उभिन्छ, त्यसबाट निःसृत शक्ति राष्ट्रको सार्वभौमिकता (सामूहिक शक्ति) समुदाय बसोबास गरेको स्थानमा अभिव्यक्त हुन्छ, राज्य (सङ्गठित शक्ति) मार्फत ।
राष्ट्र हुनुको पूर्वसर्त भनेकै एउटा सचेतनता वा विश्वासको जरुरी हो, जुन आफ्नो समूह भिन्न र आफ्नै प्रकारको हुन्छ । यो चेतनाको अभावमा त्यो एउटा जाति मात्रै हुन्छ । उसको आफ्नो हेराइबाहेक एउटा राष्ट्र बन्नका लागि आवश्यक चरित्र साबित गर्न सक्दैन । एउटा राष्ट्र बन्न, त्यसमा आफू लाग्न वा भिन्न राष्ट्रको पक्षमा वकालत गर्न एउटा राजनीतिक सामूहिक सचेतनताको अत्यन्त जरुरी हुन्छ । त्यही लाइनमा कार्ल डेउट्स्चको जोड केमा छ भने त्यो ‘राजनीतिक सचेतनता’ वास्तवमा एउटा राजनीतिक सच्चाइ हो जसले एउटा निश्चितता सिर्जना गर्छ र सामाजिक एकता विकास हुन्छ । एउटा राष्ट्रको बारेमा सोच्दा एउटा राष्ट्र निर्माणको प्रक्रिया वैचारिक तहमा उजागर हुन्छ ।राष्ट्रवाद भन्नाले आफ्नो राष्ट्रप्रतिको समर्पण वा राष्ट्रिय स्वाधीनताको नीति हो । राष्ट्रियताको भावनालाई एउटा भावना वा विश्वास, जसले समर्पणको भावना जागृत गर्छ । राष्ट्र त्यो भूकेन्द्र हो जहाँ राष्ट्रिय पहिचानको जग उभिएको हुन्छ । त्यसको अर्थ के हो भने राष्ट्र र राष्ट्रिय पहिचान एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । सामान्यतया राष्ट्र एउटा राज्यको आवादी केन्द्रित हुन्छ । तर राष्ट्रको सोच त्यो आवादीले कसरी बोकेको हुन्छ भन्ने कुरो उनीहरूका आवश्यकता र पहिचान राज्यको कुन प्रक्रियाले धानेको छ त्योसँग सम्बन्धित हुन्छ ।इतिहासले के साबित गरेको छ भने यो प्रक्रिया सुरक्षा, सामाजिक ऐक्यबद्धता, अस्तित्व, प्रतिष्ठा र अन्ततः स्वायत्तता र आत्मनिर्णयको अधिकारले परिचालित गरेको हुन्छ ।

कोई टिप्पणी नहीं: