९ माघ, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने समूहले चोरीका सामान भने टहरामा लगेर लुकाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिनामंगलको सुकम्बासीटोलस्थित नुरपाती एयरलैयाको टहरामा धनमाल बरामद भएपछि यस्तो खुलेको नयाँ पत्रिकामा खबर छ ।
कसैले अन्दाजै गर्न नसक्ने गरी चलाखी गरेर चोरीका सामान टहरामा राख्ने गरेको पाइएको प्रहरीको भनाइ छ । काठमाडौंमा पछिल्लो समय भएका चोरीमा भारतीय नागरिकको संलग्नता रहेको पनि खुलेको छ । केहीदिनअघि महाराजगन्जमा पक्राउ परेका दुईजनामाथि अनुसन्धान गर्नेक्रममा भारतीयले नै टहरामा पुर्याएर धनमाल राख्ने गरेको खुलेको हो । चोरीको आरोपमा भारतीय नागरिक सुरेश मटन र डी राजुलार्य पक्राउ गरी अनुसन्धान गर्दा धनमाल लुकाएको स्थान खुलेको प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें