कपिल ज्ञवाली ५ माघ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले जुवा खेल्दै गरेका ९ जनालाइ पक्राउ गरेको छ । प्रहरीले जुवाखालबाट एक लाख तीन हजार सात सय ७५ रुपैयाँसमेत बरामद गरेको हो । बुटवल उपमहानगरपालिका १० सगरमाथापथ रहेको शालिकराम पाण्डेको घरभित्रै जुवाखेलिरहेका जुवाडेहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा यज्ञमूर्ति भुसाल, भीमकान्त न्यौपाने, कमलप्रसाद पोखरेल, इन्द्रबहादुर बस्नेत, कृृष्णप्रसाद खनाल, झलक खनाल, लेखनाथ घिमिरे र जयलाल खनाल रहेका छन् । उनीहरुलाइ सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले अनलाइनखबरलाइ बताए । उनीहरु सबैलाइ पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें