मंगलवार, 19 जनवरी 2016

कर्मचारी पन्छाउँदै एनजिओलाई काम

earthquake-dhading-6५ माघ, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले सरकारी संयन्त्र र स्रोत साधन लत्याउँदै भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी कामका लागि सर्भे, निरीक्षण, निर्माण र जनशक्ति व्यवस्थापन जिम्म गैरसरकारी संस्थालाई दिन सुरु गरेको छ । विभिन्न सरकारी नियकामा उपलब्ध जनशक्ति र स्रोत साधन बेवास्ता गर्दै प्राधिकरणले पुनर्निर्माण काममा कर्मचारी नियुक्ति, तालिम, व्यवस्थापन लगायत जिम्मा गैर सरकारी संस्थालाई दिन थालेको नागरिक दैनिकमा खबर छ ।
कामै नगरी चौरमा घाम तापेर जागिर पकाउने प्रवृत्ति निरुत्साहित गरी उनीहरुलाई पर्याप्त काममा लगाउनुको साटो प्राधिकरणले क्षतिग्रस्त घर/भवन सर्भे, सामाजिक परिचालक व्यवस्थापन र पुनर्निर्माणको खाका बनाउने लगायत महत्वपूर्ण काम ‘आउट सोर्सिङ’ मार्फत सुरु गरेको हो । प्राधिरकणले पहिलो चरणमा भूकम्पप्रभावित जिल्लामा तीन हजार इन्जिनियर पठाउन नियुक्ति, तालिम र व्यवस्थापनको जिम्म स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च नामक गैर सरकारी संस्थालाई दिइसकेको छ । 

कोई टिप्पणी नहीं: