बुधवार, 6 जनवरी 2016

अहिलेसम्मकै ठूलो उपभोक्तामारा काम आयल निगमबाट, ९० को पेट्रोल १९० मा बेच्न अनुमति

काठमाण्डु, २२ पुस– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा विवादास्पद कम्पनी विराट पेट्रोलियमले निगमकै पम्पबाट चर्को मूल्यमा पेट्रोल बेच्ने अनुमति पाएको छ ।
gopal-bahadur-khadka-nigamइन्डियन आयल कर्पोरेसन(आइओसी) बाट ल्याइएको पेट्रोल १ सय ४ रूपैयाँमा बेचिरहेकै निगमले आफ्नै पम्पबाट चर्को मूलयमा पेट्रोल बेच्ने अनुमति दिएको हो । निगमले १०४ मा बेच्दा पनि एक लिटर पेट्रोलमा १२ रुपैयाँ नाफा राखेको छ । विराटलाई शतप्रतिशत नाफा राखेर बिक्री गर्ने उपभोक्ता मारा निर्णय गरेको छ ।
निगमकै पम्पबाट प्रतिलिटर १९० रुपैयाँमा बेच्न निगम कार्यकारी निर्देशकले ठाडो निर्णय गराएका छन् । कोलकत्तामा खुद्रा मूल्य प्रतिलिटर पेट्रोल ६५.१२ भारु(१०५.७७ रुपैयाँ) पर्छ । नागरिक दैनिकबाट 

कोई टिप्पणी नहीं: