२२ पुस, काठमाडौं । पहिलो हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाले बताएको छ । सरकारी टीभी च्यानलले यो समाचारको पुष्टि गरेको छ र परीक्षण स्थानीय समय अनुसार विहान १० बजे गरिएको थियो । यसअघि अमेरिकी भूगर्भ सर्वेक्षणले उत्तर कोरियामा ५.१ रेक्टरको झड्का रेकर्ड गरेको थियो । यद्यपि दक्षिण कोरियाको मौसम विभागले भने यो झड्काको तिव्रता ४.२ मापन गरेको थियो ।
यता दक्षिण कोरियाले मन्त्रीहरुको आपतकालीन बैठक बोलाएको छ । उत्तर कोरियाको परमाणु परिक्षणको असर जापानको शेयर बजारमा समेत देखिएको बीबीसीले जनाएको छ । सन् २००६ देखि अहिलेसम्म उत्तर कोरियाले पुनगेई री परीक्षण स्थलमा चार भूमिगत परमाणु परीक्षण गरेको अनुमान गरिएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें