बुधवार, 6 जनवरी 2016

एमाओवादी अध्यक्ष प्रचण्ड र सभामुख घर्ती बैंकक प्रस्थान

२२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार विहान पुनकी पत्नी सभामुख ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् ।

prachanda (1)पुनको एक महिना अघिदेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको छ । जण्डिस रोगले पीडित पुनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई भारतबाट नेपाल ल्याएर बैंकक लगिएको थियो । बैंककमा उपचार भएको एक महिनाभन्दा बढी भइसक्दा पनि अस्पतालले पुनलाई डिस्चार्ज नगरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार सभामुख घर्तीलाई साथै लिएर बैंकक प्रस्थान गरेका हुन् । बैंकक प्रस्थानका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।  

कोई टिप्पणी नहीं: