२२ पुस, काठमाडौं । वीरगञ्ज नाका अवरुद्ध भएका कारण लामो समयदेखि रक्सौलमा रोकिएका ८५ वटा ग्यास बुलेट रि-रुटिङ गरेर ल्याइने भएको छ । रक्सौलमा रोकिएका २ सय ५६ मध्ये ८५ वटा बुलेटलाई रि-रुट गर्न भारतले अनुमति दिएको हो ।
रक्सौलमा रोकिएपनि भन्सार नतिरेका बुलेटलाई रि-रुट गर्न भारतले अनुमति दिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । रि-रुटिङको अनुमति पाएका सबै बुलेट सुनौली नाका भएर नेपाल आउने छन् । ‘लामो समयदेखिको हाम्रो पहललाई बल्ल स्वीकृति मिलेको छ’ घिमिरेले भने-‘अबको ३/४ दिनभित्रै ती बुलेट नेपाल आउनेछन् ।’ रि-रुटिङको अन्तिम प्रक्रिया मिलाउन आयल निगमका एक अधिकारी आजै रक्सौल पुग्दैछन् । कागजी सबै प्रक्रिया पुरा भएपछि ग्यास बुलेटहरु सुनौली नाकातर्फ लाग्नेछन् । सुनौली भन्सारले पछिल्ला दिनमा इन्धनका गाडीलाई सहज रुपमा प्रवेश गर्न दिएको छ । रक्सौलमा रोकिएका ग्यास बुलेट सबै आएपछि अन्य ग्यास डिपोहरुबाट लोडिङ बढाउने आयल निगमको योजना छ । ‘भारतीय आयल कर्पोरेशन पनि ग्यासको लोडिङ बढाउन तयार छ’ प्रवक्ता घिमिरेले भने-‘रक्सौलका ८५ बुलेट आएपछि ग्यासको आयात थप बढ्ने छ ।’ आयल निगमका अनुसार पुस महिनामा मात्रै भारतबाट झण्डै २ सय बुलेट ग्यास आएका छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें