२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् । भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला चुलामा ग्यासको पाइप जोड्ने दाबी गरेका हुन् ।
एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेद समाप्त गरिदिन्छु ।’ उनले अघि भने-घरघरमा चुलाचुलामा पाइप पुर्याइदिन्छु । पिटिक्क खोल्दा ग्यासबाट होइन, पाइपबाट आउँछ ग्यास ।’ प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा कार्यकर्तालेे ताली बजाए र हलमा हाँसाको फोहोरा छुट्यो । ओलीले झन हौसिएर भने-ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नै भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’ उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्टि्रक बस चलाउने बताए ।’

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें