शुक्रवार, 8 जनवरी 2016

सप्तरीमा गोली चल्यो, एक युवक घाइते

२४ पुस, राजविराज । सप्तरीको राजविराजमा शुक्रबार दिउँसो गोली चल्दा एक युवक घाइते भएका छन् । राजविराज नगरपालिका-२ चनौरा पडरियामा चलेको गोली लागेर स्थानीय १७ वर्षीय चन्द्रशेखर ठाकुर घाइते भएका हुन् । उनको बायाँ पाखुरामा गोली लागेको छ ।
घरतर्फ गैरहेको अवस्थामा बाटोमा उनलाई नचिनेका व्यक्तिले गोली हानेका थिए । उनलाई सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । गोली हान्ने समूहको पहिचान नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए । यसअघि यही पुस २० गते सप्तरीको झुट्की प्रहरी चौकीका इन्चार्ज रमेश सुब्बाको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो । 

कोई टिप्पणी नहीं: