शुक्रवार, 8 जनवरी 2016

अवैध साढे ९ किलो सुनसहित सुन पसले नै पक्राउ

२४ पुस, काठमाडौं । नेपालमा सुन पसल चलाइरहेका दुई भारतीय नागरिक साढे ९ किलो अवैध सुनसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गरेको हो । मित्तल दाजुभाइ न्यूरोडस्थित भाग्यलक्ष्मी ज्वेजर्सका सञ्चालक समेत हुन् । भारतकै राजस्थानका भागिरथ चौधरीलाई एक किलो अवैध सुनसहित पक्राउ परेका छन् ।
 मित्तल दाजुभाइ संगठित रुपमा नै सुन तस्करीमा संलग्न भएको प्रहरीको दाबी छ । यो धन्दामा मामा भन्ने चिनियाँ नागरिक पनि संलग्न रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले बताए । उनीहरुले चीनबाट सुन ल्याउने गरेको खुलेको छ । बरामद भएको सुन तातोपानी नाका हुँदै काठमाडौं आएको र मित्तल दाजुभाइले भरिया नै खटाएर सुन तस्करी गरेको प्रहरीले बताएको छ । महानगरीय अपराध महाशाखाले पक्राउ परेका तीनै जनालाई संगठित अपराधको मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ । महाशाखाको टोलीले सुन चोरी र चोरीका सुनको किनबेचमा संलग्न अन्य पाँच जनालाई पनि साँढे आठ तोला सुन तथा ३५ तोला चाँदीका गरगहनासहित सार्वजनिक गरेको छ ।  

कोई टिप्पणी नहीं: