शनिवार, 9 जनवरी 2016

मृत्यु भएकाको नाममा बर्सौदेखि भत्ता

२५ पुस, धादिङ । त्रिपुरेश्वर गाविस ६ की विष्णुमाया भुजेलको मृत्यु भएको ११ वर्ष भयो । तर नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताअन्तर्गतको वृद्धभत्ता भने उनको नाममा अझैसम्म भुक्तानी भइरहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
 यस्तै वडा नम्बर ६ कै इनकुमारी मगर र कोषीकुमारी मगरको मृत्यु भएको पनि १४ वर्ष भयो । उनीहरुको नाममा पनि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभक्ता भने चालू आर्थिक वर्षको प्रथम चौमासिकको पनि निकासा भएर भुक्तानी भइसकेको छ । गाउँ विकास समितिका सचिव लीला विश्वकर्माले भने आफूले भर्खरै गाउँ विकास समितिको जिम्मेवारी लिएकाले जिम्मेवारी लिँदा सामाजिक सुरक्षाभत्ताको प्रथम चौमासिक वितरणका लागि गाविस सहायकले पेस्की लिएर पनि पछ्यौट गरिसकेको बताए । 

कोई टिप्पणी नहीं: