शनिवार, 9 जनवरी 2016

इन्धनको मूल्य घट्दै, १०४ को पेट्रोल १०० मा पाइने

२५ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन लागेको छ । अन्तर्राष्ट्रिय बजारमा कज्जा तेलको मूल्यमा भारी गिरावट आएको र खरिद दर पनि घटेकाले इन्धनको मूल्य घटाउने तयारी गरिएको हो । तर, अन्तर्राष्ट्रिय बजारमा जुन रुपमा मूल्य घटेको छ, त्यसको लाभ भने नेपाली उपभोक्ताले पाउने छैनन् । निगमले नगन्य मात्रामा मात्रै इन्धनको मूल्य घटाउने जनाएको छ ।
 निगमले गत १५ भदौदेखि मूल्य समायोजन गरेको छैन । यसबीचमा अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्यमा प्रतिव्यारेल करिब २० डलरको कमी आइसकेको छ। तर, नेपालमा इन्धन आपूर्ति असहज भएको मौका छोपी आयल निगमले मूल्य नघटाएको नयाँ पत्रिकामा खबर छ । भारतीय आयल कर्पोरेसनले १७ जनवरीमा निगमलाई तेलको नयाँमूल्यसूची पठाउँदैछ । त्यसपछि निगमले नेपाली बजारमा मूल्य घटाउने प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘आइओसीबाट नयाँ खरिद दर पाएपछि लिटरमा ४-५ रुपैयाँको अन्तर पर्ने गरी मूल्य समायोजन गर्ने तयारीमा छौं’ उनले भने । 

कोई टिप्पणी नहीं: