सोमवार, 25 जनवरी 2016

जनहित उच्च माबीको जन्म दिवस भब्यताको साथमा संपन्न

कारिकोट माघ ११ - स्याङ्जा जिल्लाको सुदुर पश्चिममा अवस्थित कारिकोट चण्डी भांज्यांग गाबिसको वडा नम्बर ३ चण्डी भांज्यांगमा अवस्थित श्री जनहित उच्च माबीले  हिजो माघ १० गतेका दिन पन्चे बाजाको साथमा बिद्यार्थीको रेलीले गाउँपरिक्रमा गरि आफ्नो ५७ औं जन्म उत्सव भव्यताको साथ संपन्न गरेको थियो
कार्यक्रम निवर्तमान गाबिस अधक्ष्य श्री कृष्ण लामिछानेको अधक्ष्यतामा संचालन भएको थियो भने प्रमुख अतिथी स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्दु ज्ञवाली साथै विशिष्ठ अतिथिमा स्याङ्जा जिल्लाका स्थानीय बिकाश अधिकारी, लगायत जिल्लाका अन्य अधिकारीहरु सहित स्थानीय भद्र भलाद्मीहरुलाई अतिथीको आसन ग्रहन गराइएको थियो
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्दु ज्ञवाली जीले बिद्यार्थीहरुलाई राम्रो शिक्षा शिक्षकहरुले दिएर साथै बिद्यार्थीहरुले लिएर नेपाल आमा प्रति समर्पण हुनको लागि आग्रह गर्नु भयो त्यस्तै पाल्पा जिल्लाको अर्गली गाबिसका  क्याम्पस व्यवस्थापन समितिका अधक्ष्य श्री परशुराम भट्टराइले जनहित उच्च माबीबाट आफ्नो शिक्षा पुरागरी अर्गली क्याम्पसमा भर्ना हुन आएमा फ्रीमा पढाउनको लागि आफुले सक्दो प्रयास गर्ने जानकारी गराउनु भएको थियो

कार्यक्रममा गत साल एस एल सी परिक्षामा पास हुने सम्पूर्ण बिधयार्थीहरु, स्कुलको हर क्लासका प्रथम, द्वितीय, तृतीय हुने बिद्यार्थी भाइ बहिनिहरुलाइ पुरस्कार वितरण साथै गरिब बिद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गरिएको थियो कार्यक्रमलाई रोचक बनाउनको लागि बीच बिचमा बिद्यार्थी भाइ बहिनिहरुले नाच प्रस्तुति साथै कबिता बाचन गरेका थिए
कार्यक्रममा बिध्यालयलाइ चन्दा दाता समाजसेवी साथै जनहित उच्च माविलाई धेरै पहिले देखि प्रधानाध्यापकको भूमिकाबाट सेवा गर्दै आउनु भएका श्री बेग प्रसाद श्रेष्ठ जीलाइ दोसल्ला र खादा लगाई सम्मान गरिएको थियो 



     

कोई टिप्पणी नहीं: