१३ माघ, काठमाडौ । धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको नेपालको अबस्था हरेक बर्ष खस्किदै गइरहेको छ । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ जारी गरेको सूचकांकअनुसार सन् २०१५ मा नेपालमा भ्रष्टाचार झनै बढेको पाइएको छ । यो अबधिमा नेपाल भ्रष्टाचार सूचकांकमा चार स्थान तल झरेको छ । सन् २०१४ मा नेपाल १२६ स्थानमा रहेको नेपाल गत बर्ष चार स्थान तल झर्दै १३० औं नम्बरमा पुगेको छ । सन् २०१२ मा १३९ औं स्थानमा रहेको नेपाल नेपाल सन् २०१३ मा केही सुधार भइ ११६ औं स्थानमा उक्लिएको थियो । तर, सन् २०१४ मा पुनः १० स्थान तल झर्दै १२६ औं स्थानमा पुगेको थियो ।ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा गरेको सर्वेक्षण र अन्य बिभिन्न संस्थाका सूचकांकसमेतलाई आधार मानेर हरेक बर्ष यस्तो सूची सार्वजनिक गर्ने गर्दछ । सबैभन्दा धेरै भ्रष्टाचार हुने १० मुलुक सूचकांकमा सवैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा पहिलो नम्बरमा परेको छ, सोमालिया । उत्तर कोरिया, अफगानिस्तान, सुडान, दक्षिण सुडान, एंगोला, लिबिया, इरान, भेनेजुएला, गुनिबिसाउ र हैटी रहेका छन् । भ्रष्टाचारका निवारणका सवै सूचकमा राम्रो अंक ल्याउने अर्थात सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो स्थानमा युरोपेली मुलुक डेनमार्क परेको छ । दोस्रोमा फिनल्याण्ड, तेस्रोमा स्वीडेन, चौथोमा न्यूजिल्याण्ड, पाँचौमा नेदरल्याण्ड, छैटौंमा नर्वे, सातौं स्वीटजरल्याण्ड, आठौं सिंगापुर, नवौं क्यानडा र दशौं स्थानमा जर्मनी रहेका छन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें