संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङ्गको रङ्गेलीमा प्रहरीको गोली प्रहारबाट तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं आन्दोलनकारी घाइते भएकोमा विरोध एवं भत्र्सना गरेका छन् । हिजो एक प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष यादवले भनेका छन्, “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच वार्ता प्रक्रिया चलिरहेकै अवस्थामा मोरङ्गको रङ्गेलीमा प्रहरीको गोली प्रहारबाट तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको गोली लागि ६० वर्षिय पुनम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
उपचारका लागि अस्पताल लैजाने क्रममा महादेव ऋिषिदेव, र शिबु माझीको मृत्यु भएको छ । त्यस्तै, प्रहरीको गोली लागि मुन्ना मण्डल, विरेन्द्र मण्डल, सत्य नारायण साह, रमानन्द यादव, लल्लन मेहता, विक्रम सहनी, जगन्नाथ साह, श्रवण मण्डल र सुबोध मण्डललगायत ३५ जनाभन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् । यसरी मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि भएको दमनकारी घटनाको फोरम नेपाल घोर विरोध एवं भत्र्सना गर्दछ ।”
मोर्चाको विरोधका बाबजुद संवेदनशील स्थानमा कार्यक्रम आयोजना गरी सरकारले जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेडतर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने र पाँच महिना बढीदेखि आन्दोलनरत मधेसी, आदिवासी जनजाति, खस, थारु, महिलालगायत सीमान्तकृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रङ्गेली घटनाले प्रस्ट हुन्छ ।
प्रेस विज्ञप्तिमा रङ्गेली घटना पहिचान र अधिकार नदिने षड्यन्त्रका रुपमा अभिव्यक्त भएको जनाउँदै अध्यक्ष यादवले थप भनेका छन्, “मोर्चाको विरोधका बाबजुद संवेदनशील स्थानमा कार्यक्रम आयोजना गरी सरकारले जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेडतर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने र पाँच महिना बढीदेखि आन्दोलनरत मधेसी, आदिवासी जनजाति, खस, थारु, महिलालगायत सीमान्तकृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रङ्गेली घटनाले प्रस्ट हुन्छ । वार्ता र संवादमार्फत् नयाँ संविधान संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारीमाथि चरम दमन गरी सरकार आफै वार्ता बिथोल्न लागिपरेको गम्भीर आशंका उत्पन्न भएको छ । सरकारले एकातिर वार्ता गर्ने अनि अर्कोतिर जनता भिडाउने र आन्दोलनकारीमाथि दमन गर्ने निकृष्ट कार्य तत्काल बन्द गरी सार्थक वार्तामार्फत् देशलाई निकास दिनेतर्फ गम्भीर हुन आह्वान गर्दछौं ।”
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें