२० पुस, काठमाडौं । काठमाडौंको नयाँबसपार्क नजिकैबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । आइतबार राति नयाँबसपार्क नजिक पुलमा बा.१ ज ४४३४ नम्बरको ट्याक्सी शंका लागी चेकजाँच गर्दा पेस्तोल बरामद भएको हो । सामाखुशी बस्ने रसुवा सैलुङ-३ घर भएका २५ बर्षीय कुमार थापा लामिछाने र काठमाडौं नेपालटार बस्ने सिन्धुपाल्चोक ठुलोपाखर- घर भएका १७ बर्षीय युवराज लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें