शुक्रवार, 29 जनवरी 2016

फागुन पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग

१५ माघ, काठमाडौं । सरकारले स्थानीय निकाय पुनःसंरचना आयोग गठन गर्ने तयारी गरेको छ । फागुन पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने स्थानीय विकास मन्त्री कमल थापाले जानकारी दिएका हुन् ।
Kamal-Thapaनयाँ संविधानमा संविधान जारी भएको छ महिनामा आयोग गठन हुने प्रावधान छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार काभ्रेको धुलिखेलमा आयोजना गरेको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री थापाले भने, ‘फागुन पहिलो साता भित्रै आयोग गठन हुन्छ र एक वर्षभित्र स्थानीय निकायको पुनःसंरचानाबारे प्रतिवेदन बुझाउँछ ।’
उनले स्थानीय निकायको पुनःसंरचनाका लागि आयोगले तयार पारेको प्रतिवेदनले स्थानीय निकायलाई बलियो र नयाँ मार्ग निर्देश गर्ने  विश्वास व्यक्त गरे । गोष्ठीमा मध्यमाञ्चलका १९ जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत लगायतको सहभागिता छ । 

कोई टिप्पणी नहीं: