१५ माघ, पर्सा । शुक्रबार विहान केही घन्टाका लागि खुलेको वीरगञ्ज नाका मधेसवादी दलले फेरि अवरुद्ध पारेका छन् । लामो समयदेखि बन्द रहेको वीरगञ्ज नाका शुक्रबार विहान खुलेको थियो । विहान ५ वटा मालबाहक ट्रक भारतको रक्सौलबाट नेपाल प्रवेश गरेका थिए भने वीरगञ्जबाट चारवटा गाडी भारततर्फ गएका थिए । नाका खुलेको खबर सार्वजनिक भएलगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि अवरुद्ध पारेका छन् । मधेसी मोर्चा र गठवन्धनका कार्यकर्ताहरुले मितेरी पुलमा टायर बालेर प्रदर्शन थालेका छन् र नाका अबरुद्ध भएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें