१५ माघ, काठमाडौं । विद्युत व्यापार सम्झौता (पीटीए) को कार्यान्वयन गर्ने वातावरण बनाउन नेपाल र भारतका उर्जा अधिकारीले छलफल थालेका छन् । दुई देशको संयुक्त कार्यसमूह अन्र्तगत शुक्रबार काठमाडौमा उर्जा सचिवस्तरीय बैठक बसेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व उर्जासचिव सुमनप्रसाद शर्माले गरेका छन् भने भारतीय पक्षको नेतृत्व पिके पुजारीले गरेका छन्।
बैठकमा विद्युत व्यापार गर्नका लागि प्रस्ताव गरिएका विभिन्न ६ वटा नाकाहरुका बारेमा छलफल भइरहेको छ। संयुक्त कार्यसमूह अन्र्तगत सहसचिवस्तरको बिहीवारको बैठकमा विद्युत व्यापारका लागि सम्भाव्य स्थान, पूर्वाधारको निर्माण तथा आवश्यक नीतिगत व्यवस्था अन्र्तगत अत्तरिया, लम्की, कोहलपुर, बुटवल, ढल्केबर र दुहबीलाई व्यापार नाकाको रुपमा प्रस्ताव गर्ने सहमति भएको थियो ।

प्रस्तावित ६ वटै प्रसारणलाइन ४ सय केभी क्षमताका हुने भएकाले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित विजुलीको व्यापारका लागि भने ठूलो क्षमताको प्रसारण लाइन निर्माण गर्ने बारेमा बैठक केन्दि्रत रहेको उर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
अन्तरदेशीय प्रसारण लाइनका रुपमा हाल ढल्केबर-मुजफ्रपुर ४ सय केभी प्रसारण लाइन निर्माणको काम भइरहेको छ । प्र्रसारणलाइन निर्माण तथा नेपाल र भारतबीच १८ महिना पहिले भएको पीटीएको कार्यान्वयन बैठकको मुख्य एजेण्डा भएको उर्जा मन्त्रालयले जानकारी दिएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें