मंगलवार, 12 जनवरी 2016

घरघरमा सोलार, सबै गाविसमा मोटरबाटोः उपप्रधानमन्त्री थापा

२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरु पनि महत्वकांक्षी घोषणा गर्न थालेका छन् । महत्वकांक्षी घोषणालाई लिएर प्रधानमन्त्री ओली समाजिक सञ्जालमा मजाक उडाइरहेका बेला उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले पनि त्यस्तै घोषणा गरेका छन् ।
Kamal Thapa Pressmeetउनले अबको २ वर्षभित्र सबै गाउँ विकास समिति (गाविस)मा मोटरबाटो पुर्‍याइने दाबी गरेका छन् । काठमाडौं महनगरपालिको २७ औं नगरपरिषदबाट पारित बजेट तथा कार्यक्रम सार्वजिनक गर्ने कार्यक्रममा उपप्रधानमन्त्री थापाले भने’दुई वर्षभित्र सबै गाविसमा मोटरबाटो पुर्‍याउने गरी मन्त्रालयबाट कार्यक्रम घोषणा हुँदैछ ।’ सरकारी तथ्यांक अनुसार देशभरमा ३ हजार ५ सय गाविसमध्ये अझै ५ सय गाविसममा सडक सञ्जाल पुगेको छैन । मन्त्री थापाले सबैको घरमा सोलर पुर्‍याउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको समते बताएका छन् देशमा जारी उर्जा संकटलाई ध्यानमा राखेर घर-घरमा सोलार जोड्ने कार्यक्रमलाई अघि बढाउन खोजिएको उनले बताए ।

उनले सरकारले स्थानीय निकायको निर्वाचनका लागि सरकारले तयारी थालिकसकेको पनि उल्लेख गरे । ‘निर्वाचनबारे हामीले राजनीतिक दलहरुसँग परामर्श थालिसक्यौं । १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नभएको सन्दर्भमा कर्मचारीले खेलेको भूमिका महत्वपूर्ण रह्यो’ उनले भने-‘अब कर्मचारीहरु आफ्नो कार्यभार जनप्रतिनिधिलाई जिम्मा लगाउन तयार भए हुन्छ ।’
सरकारी वार्ता टोलीका संयोजक समेत रहेका उपप्रधानमन्त्री थापाले नयाँ संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै यसमा चित्त नबुझेर सीमामा धर्ना दिन जानु अनुचित भएको पनि बताए । ‘सीमामा धर्ना बसेर जनातको घरमा चुल्हो बन्द नदिएर यो समस्या समाधान हुँदैन । संविधानका भएका समस्या राजनीतिक संवादबाट हल गर्न सकिन्छ’ मधेसी मोर्चालाई लक्षित गर्दै थापाले भने ।

कोई टिप्पणी नहीं: