मंगलवार, 12 जनवरी 2016

भाइरल” बनेकी जापानी छात्रा भन्छे, “मलाई यति माया गर्ने सरकारका लागि ज्यान दिन तयार छु”

काठमाडौं, पुस २८ । मात्र एक जना विद्यार्थीको लागि सिङ्गो रेल सेवा ! त्यो पनि दैनिक आउने र जाने समयमा ! भूकम्पले घर भत्किएर हिउँसँग पौंठाजोरी खेल्दै बाँचिरहेका नेपाली बालबालिकाको लागि यो एकादेशको कथा वा कुनै ‘आँशु खसाउने’ फिल्मको कथा हुनसक्छ । तर जापानमा एउटा विद्यार्थीले त्यस्तै सुविधा पाएका छन् ।
“भाइरल” बनेकी जापानी छात्रा भन्छे, “मलाई यति माया गर्ने सरकारका लागि ज्यान दिन तयार छु”चीनको सरकारी टेलिभिजन सिसिटिभीले ती विद्यार्थीलाई दिइएको अनौठो सुविधाबारे समाचार प्रकाशमा ल्याएपछि अहिले यो विश्वभर ‘भाइरल’ बनेको छ । समाचारमा जनाइएअनुसार जापानको उत्तरी क्षेत्रमा पर्ने होकाइदो टापुमा रहेको एउटा रेल सेवाको ‘कामी शिराटाकी’ स्टेसन प्रयोग गर्ने यात्रुहरु नभएपछि तीन वर्षअघि अधिकारीहरुले बन्द गर्ने निर्णय गरे । तर निकै दुर्गम गाउँले क्षेत्रमा रहेको यो स्टेसनबाट यात्रा गर्ने एक मात्र यात्रु स्कुले विद्यार्थी रहेको थाहा पाएपछि रेल सेवाका अधिकारीहरुले निर्णय बदले ।

जापानको उत्तरी क्षेत्रमा पर्ने होकाइदो टापुमा रहेको ‘कामी शिराटाकी’ स्टेसन प्रयोग गर्ने यात्रुहरु नभएपछि तीन वर्षअघि अधिकारीहरुले बन्द गर्ने निर्णय गरे । तर जब अधिकारीहरुले उक्त स्टेसनबाट एक कलिलो विद्यार्थी आफ्नो स्कुल शिक्षा पूरा गर्न दिनहुँ त्यहाँबाट यात्रा गर्ने गरेको थाहा पाए अनि उनीहरुले निर्णय सच्याए ।
रेल सेवा विभिन्न सामानहरु ढुवानी गर्न पनि प्रयोगमा आइरहेको थियो । मानिसहरुले प्रयोग गर्न छाडेपछि रेल सेवाका अधिकारीहरुले उक्त स्टेसन बन्द गर्ने निर्णय गरेका थिए । जब अधिकारीहरुले उक्त स्टेसनबाट एक कलिलो विद्यार्थी आफ्नो स्कुल शिक्षा पूरा गर्न दिनहुँ त्यहाँबाट यात्रा गर्ने गरेको थाहा पाए अनि उनीहरुले निर्णय सच्याए ।
आजभोलि दिनहुँ विद्यालय जाने र फर्कने समयमा उक्त स्टेसनमा रेल रोकिने गर्छ । चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन (सिसिटिभी)ले अंग्रेजी भाषाको आफ्नो फेसबुक पेजमा राखेको समाचारअनुसार रेल सेवाका अधिकारीहरुले ती सानी विद्यार्थीको विद्यालय शिक्षा समाप्त नहुञ्जेलसम्म रेल सञ्चालनमा राख्नेछन् । आगामी मार्च २६ मा ती विद्यार्थीको अध्ययन पूरा हुनेछ । अनि रेल सेवाको उक्त स्टेसन पनि बन्द हुनेछ ।
विश्वका विभिन्न देशका मिडियाहरुले यो समाचारलाई प्राथमिकताका साथ स्थान दिएका छन् । ऐजेन्सीहरुका अनुसार यो समाचार जापानका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच निकै चर्चित बनेको छ । कतिपयले यो समाचारको सत्यतामाथि प्रश्न पनि उठाएका छन् ।
‘मैले मेरो देशको लागि किन बलिदान नदिने जबकि सरकार मात्र मेरो शिक्षाको लागि कोशौँ टाढा जान तयार छ,’ समाचारको एक प्रतिक्रियामा भनिएको छ, ‘सर्वसाधारण जनताको लागि असल शासन व्यवस्थाको अर्थ नै यही हो ।’
केहीले समाचार जापानका एक चर्चित चलचित्रकर्मी हायो मियाजाकीले बनाउनुभएको चलचित्रको कथाबाट प्रभावित भन्दै आलोचना गरेका छन् । तर अधिकांशले भने सर्वसाधारणलाई शिक्षित तुल्याउन जापान सरकारले यति धेरै महत्व दिएको भन्दै प्रशंसा गरेको समाचारहरुमा उल्लेख गरिएको छ ।
‘मैले मेरो देशको लागि किन बलिदान नदिने जबकि सरकार मात्र मेरो शिक्षाको लागि कोशौँ टाढा जान तयार छ,’ समाचारको एक प्रतिक्रियामा भनिएको छ, ‘सर्वसाधारण जनताको लागि असल शासन व्यवस्थाको अर्थ नै यही हो ।’
जापान रेल सेवाको उच्च प्रविधि प्रयोग गर्ने देशमध्ये एक हो । तर पछिल्लो पटक त्यहाँ जनसंख्या बृद्धिदर ऋणात्मक छ । अनुसन्धानहरुले आगामी सन् २०६० सम्ममा जापानको एकतिहाइ जनसंख्या कम हुने अनुमान गरिएको छ । रेलवे सेवा पनि जनसंख्याको ऋणात्मक बृद्धिले प्रभावित भइरहेको बताइन्छ ।

कोई टिप्पणी नहीं: