मंगलवार, 12 जनवरी 2016

मानव तस्करीको अर्को रुटः रुस हुँदै युरोपतर्फ

२८ पुस, काठमाडौं । पर्यटक भिसामा भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रुसको राजधानी मस्को गएका नेपाली युवायुवतीलाई त्यहाँको अध्यागमन कार्यालयले फर्काउन (इन्ट्री रिफ्युज) थालेको छ । सामान्य अंग्रेजीसमेत बोल्न नजानने र घुम्नका लागि रुस जाने आर्थिक हैसियत नभएका युवायुवतीलाई दलालहरुले चर्को रकम लिएर युरोपेली मुलुक पुर्‍याएको अन्नपूर्ण पोस्टमा खबर छ ।
 अहिले त्यहाको अध्यागमनले उनीहरुलाई धमाधम पर्काउन थालेको हो । दलालले ती युवायुवतीलाई रुसी दूतावासबाट भिसा दिलाइदिने गरेको स्रोतले बताएको छ । ‘दलालहरुले एकैपटक धेरैको राहदानी लिएर भिसा लगाइदिन आग्रह गर्छन’, रुसी दूतावासका एक अधिकारीले भने, ‘भिसा काउन्सिलरले उनीहरुको अंग्रेजी भाषा र आर्थिक हैसियतबारे प्रश्न गर्दा दलालहरुले सबै राम्रो छ भनिदिन्छन् । त्यसपछि उनीहरुलाई काउन्सिलरले भिसा दिन्छ ।’ 

कोई टिप्पणी नहीं: