सोमवार, 4 जनवरी 2016

माग सम्बोधन नभए राजधानी घेर्ने उपेन्द्रको चेतावनी

'सरकारले वार्ताको नाटक गरेर मधेसको उपहास गर्‍यो'
कपिल ज्ञवाली 20 पुस, बुटवल । मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अवको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् । उनले सत्तासिन दलले संविधान संशोधन र परिवर्तन नगरे राजधानी घेर्ने चेतावनी दिए ।

morcha-butwalआइतबार बुटवलमा आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै यादवले भने-अहिलेको संविधान खसआर्य त्यसमा पनि उच्च जातिहरुको सहभागितामा बनेको संविधान भन्दै ठूलादलले भ्रम छरेका छन्, बास्तबमा यसले पछाडि पारिएका समुदायको अधिकार, पहिचान र प्रतिनिधित्व गरेको छैन ।’ फास्ट ट्रयाकका नाममा मधेसी, दलित, जनजाति र सीमान्तकृतको अधिकार कटौती गरेर संविधान जारी गरिएको भन्दै उनले संविधान संशोधन नभएसम्म आन्दोलन नरोक्ने बताए । उनले सरकारले वार्ताको नाटक र मजाक गरेर मधेसको उपहास गरेको बताए ।

morcha-butwal-1‘वार्ता र समाधान सरकारले नै चाहेको छैन । वार्ता-वार्ता भन्नुको अर्थ छैन’ उनले भने । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पद्मरत्न तुलाधारले अबको आन्दोलन काठमाडौंमा हुने र त्यो निर्णायक हुने बताए । कार्यक्रम अघि बुटवलमा र्‍याली निकालिएको थियो । कार्यक्रममा नयाँ शक्तिका अभियन्ता डा बाबुराम भट्टराई आउने प्रचार गरिएपनि आएनन् । 

कोई टिप्पणी नहीं: