सोमवार, 4 जनवरी 2016

बालुवाटार बैठकमा महन्थले औंल्याए तीन खतरा

मधेसी मोर्चासँगै देश नै सिद्धिने चेतावनी
२० पुस, काठमाडौं । झण्डै चार महिनादेखि तराई मधेसमा जारी आन्दोलन अन्त्य गर्न आइतबार साँझ वालुवाटारमा प्रधानमन्त्रीसहित भएको वार्तामा खासै ठोस प्रगति हुन् सकेन। दुवै पक्षले पुरानै अडान दोहोर्‍याएर झण्डै चार घण्टा लामो ‘वार्ता’ समापन गरे ।

mahanta thakurवार्तामा सरकारी पक्षले पर्याप्त गृहकार्य नै नगरेको भन्दै आक्रोशित बनेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने केही चेतावनीयुक्त भाषा बोले । ‘वरु हामी जनतासामू हात उठाउँछौं’ ठाकुरको भनाई उदृत गर्दै वार्तामा सहभागी एक मोर्चा नेताले भने-‘तर, मधेसलाई अमान्य सम्झौतामा हस्ताक्षर गर्नेवाला छैनौं ।’ परिस्थीतिको गम्भिरता बुझ्न आग्रह गर्दै ठाकुरले आन्दोलनकारीलाई मान्य हुने सम्झौतासहित सम्झौता नगरे तीनवटा गम्भीर खतरा देखिएका बताए । महन्थले देखेका तीन खतरा आफूहरु सहमतिका लागि तयार रहेको तर, दलहरुले समयमै ध्यान नदिने हो मधेसी मोर्चा सिद्दिने मात्र होइन, देशको राष्ट्रिय एकतामा नै खखल पर्न सक्ने महन्थको चेतावनी थियो । महन्थले औंल्याएका तीन खतरा यस्ता छन् ।
पहिलो, दलहरुले समयमा नै मधेसी मोर्चाका जाजय माग सम्बोधन नगर्ने हो भने साम्प्रदायिक सद्भाव खल्वलिन सक्छ । मधेसमा योपटकको आन्दोलनमा केही हिंसात्मक घटना भए तर, साम्प्रदायिक सद्भाव खल्वलिने खालका कुनै पनि घटना भएनन् । अघिल्ला आन्दोलनमा जस्तो मधेसी र पहाडे वीचको द्वन्द्व यसपटक देखिएको छैन । तर, आन्दोलनले सही निकास पाउन नसक्दा यसले राजनीतिक स्वरुप त्यागेर साम्प्रदायिक स्वरुप लिन सक्ने उनले चेतावनी दिएका छन् । दोस्रो, शान्तिपूर्ण आन्दोलनमाथि विश्वास हट्न सक्ने छ । जसले गर्दा तराईमा ६३ को मधेस आन्दोलनपछि जस्तै दर्जनौं शसस्त्र समूहहरु जन्मिन सक्छन् । जसले गर्दा तराईको सुरक्षा अबस्था भयावह हुन सक्छ । र, तेस्रो, पृथकतावाद मौलाउने खतरा । सीके राउतहरु अहिले पनि मौका कुरेर बसिरहेका छन् र आन्दोलनमा घुसपैठको प्रयास पनि गरिरहेका छन् । यदि प्रमुख दलहरुले पेलेर मधेसी मोर्चालाई सिध्याउन खोजे मधेसमा पृथकतावाद मौलाउने खतरा महन्थले देखाएका छन् । यस्तो अवस्था आए लोकतन्त्र नै खतरामा पर्न सक्ने, जुन आफूहरुले कहिल्यै नचाहेको महन्थले बताए । ‘हामी दुई विषयमा मात्र सम्झौता गर्दैनौं । बरु मधेसी जनताका अगाडि हात उठाउँछौ’ तमलोपा अध्यक्ष ठाकुरले भने, मधेसलाई सहि रुपमा सम्बोधन गर्न सकिएन भने साम्प्रदायिक हिंसा भड्कने, अराजकता फैलने र लोकतन्त्र नै समाप्त हुने नै खतरा उपत्न हुनसक्छ । हामी लोकतन्त्र खतरामा परोस् भन्न चाहँदैनौं ।’ र, बैठकको सकारात्मक समापन मोर्चाका नेताहरुले आफ्ना कुरा राखेपछि नेताहरुलाई लागेको थियो, आज पनि मोर्चाका नेताहरु भडि्कएर निस्कने भए । तर, अन्तिमतिर वार्ताको सकारात्मक समापन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणम निस्कने गरी छलफल गरौं भन्ने प्रस्ताव राखे । कांग्रेसले पनि ११ बुँदेबारे छलफल गर्न तयार रहेको बताए । एमाओवादी नेताहरुले पनि समानुपातिक समावेशीको क्लस्टर समायोजन गर्न र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको भाषा मिलाउन सकिने बताए । सीमांकन हेरफेरको सुनिश्चिता गरेर तीन महिनाभित्र राजनीतिक संयन्त्रबाट टुंगो लगाउन पनि आफूहरु तयार रहेको उनले बताए । बैठकको अन्तिममा तीन दलका नेताहरुले ११ बुँदे मागबारे छलफल गर्न कार्यदल बनाउने प्रस्तावराखे । मधेसी मोर्चाले त्यसलाई अस्वीकार गरेको छैन र महन्थ ठाकुर बाहेकका शीर्ष नेताहरु वार्तामा नरहेको भन्दै आन्तरिक छलफल गरेर जवाफ दिने बताएको छ । 

कोई टिप्पणी नहीं: