सोमवार, 11 जनवरी 2016

“राजालाई राष्ट्रिय एकताको प्रतीक मान्ने कम्युनिस्टहरुले कुन मार्क्सवाद पढेका हुन् ?” : सुरेश आलेमगर

काठमाडौं, पुस २७ । आदिवासी जनजाति र मधेसीको लागि पृथ्वीनारायण शाह एकताको प्रतीक नभएर बताएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले आज (पुष २७) शान्तिबाटिकामा आयोजित विरोध सभामा बोल्दै आदिवासी तथा मधेसी नेताहरुले सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
“राजालाई राष्ट्रिय एकताको प्रतीक मान्ने कम्युनिस्टहरुले कुन मार्क्सवाद पढेका हुन् ?” : सुरेश आलेमगरकार्यक्रममा आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले पृथ्वीनारायण शाहले बन्दुकको बलमा आदिवासी जनजातिहरुको राज्यसत्ता खोसेको उल्लेख गर्दै कथित एकताको प्रतीक मान्न नसकिने बताए ।‘राजालाई एकताको प्रतीक मान्ने सीपी मैनाली कुन मार्क्सवाद पढेका हुन् ?’ प्रश्न गर्दै उनले गणतन्त्र घोषणा भइसकेपछि पृथ्वी जयन्तिको मनानुको कुनै अर्थ नरहेको बताए । उनले राज्य हरण गर्ने आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार संस्कृति समाप्त गरिदिने पृथ्वीनारायण शाह नेपाली जनताको एकताको बाधक भएको आरोप लगाए ।

‘राजालाई एकताको प्रतीक मान्ने सीपी मैनाली कुन मार्क्सवाद पढेका हुन् ?’ प्रश्न गर्दै उनले गणतन्त्र घोषणा भइसकेपछि पृथ्वी जयन्तिको मनानुको कुनै अर्थ नरहेको बताए ।
कार्यक्रममा मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले २०६२/०६३ को आन्दोलनपछि एकताको प्रतीक राष्ट्रिपतिलाई मानिएको बताए ।
एकताको केन्द्र पृथ्वीनारायणलाई मानेर राष्ट्रपतिको महत्व घटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यो षड्यन्त्रमा पर्नु नहुने बताए ।
पृथ्वीनारायण शाहलाई एकताको प्रतीक मान्न नहुने उल्लेख गर्दै एकीकरण दस्तावेजमार्फत नभएर जनताको हत्यामार्फत भएको आरोप लगाए ।
मधेस आन्दोलन सम्पूर्ण नेपालीको आन्दोलन भएको उल्लेख गर्दै आदिवासी जनजातिले साथ समर्थन गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले २०६२/०६३ को आन्दोलनपछि एकताको प्रतीक राष्ट्रिपतिलाई मानिएको बताए । एकताको केन्द्र पृथ्वीनारायणलाई मानेर राष्ट्रपतिको महत्व घटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यो षड्यन्त्रमा पर्नु नहुने बताए ।
महासंघका पूर्वमहासचिव तथा आदिवासी नेता आङ्काजी शेर्पाले पृथ्वीनारायण शाहालाई युद्ध अपराधी घोषणा गर्नुपर्ने बताए । उनले शाहबाट हत्या गरिएका मृतकको आत्मशान्तिको लागि नेपाल सरकारले सर्वाजनिक स्थानमा राखिएको मूर्तिहरु हटाउन माग गरे ।
कार्यक्रममा नेवाः दे दबुका अध्यक्ष नरेश ताम्राकारले नेवारको १७ धार्नी नाक–कान काट्ने पृथ्वीनारायण शाहलाई एकताको प्रतीक नमान्ने दावी गरे । पृथ्वीनारायण शाहले टिष्टुङ र पालुङमा बाँसमा झुुन्ड्याएर आमहत्या गरेको विषयको खोजी भइरहेको बताए । कार्यक्रममा आदिवासी जनजाति अभियन्ता मल्लके सुन्दर, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष दुर्गा राई लगायतले बोलेका थिए ।
कार्यक्रम स्थलवरपर ‘हजारौं जनताको नाक–कान काट्ने राजाको जन्मदिन कथित राष्ट्रिय एकता दिवसको विरोध गरौं’ उल्लेख ब्यानरहरु झुन्ड्याइएको थियो । रगत लतपतिएको तरवार लिएको शाहको तस्वीर वरपर तत्कालिन सेनाले कान–कान काट्न लागेका ब्यानर राखिएको थियो । पृथ्वीनारायण शाहले गरेको १० अपराध उल्लेख भएको पर्चासमेत वितरण गरिएको थियो ।

कोई टिप्पणी नहीं: