“मधेस कसैको उपनिवेश होइन, त्यो कुरा ओलीले बुझ्नुपर्छ”
काठमाडौं, २७ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारलाई उल्लुको संज्ञा दिएका छन् । सोमबार राजधानीमा मधेसी पत्रकार समाजले दिल्लीमा रहेका अध्यक्ष महतोसँग टेलिफोनमार्फत आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त आरोप लगाएका हुन् । उनले भने, ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो) को झुण्ड जस्तो रहेको छ, जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन ।’
मधेस झण्डै पाँच महिनादेखि बन्द छ तर पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेको र यो कुरा देशको लागि हानिकारक रहेको चेतावनी अध्यक्ष महतोले दिए । उनले भने, ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो) को झुण्ड जस्तो रहेको छ, जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन ।’ मधेस झण्डै पाँच महिनादेखि बन्द छ तर पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेको छ । उनले अहिले मधेसीहरु यही देशभित्र अधिकार खोजिरहेको तर सरकारले मधेसको आवाज बन्दुकले जबर्जस्त दबाउन खोजिरहेको आरोप पनि लगाए । उनले मधेसीहरुले अधिकार माग्दा भारतीय देख्ने नजर पहिला परिवर्तन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष महतोले भने, ‘म अहिले दिल्लीमा भारतका विभिन्न नेताहरुसँग भेट्ने क्रम जारी राखेको छु, उहाँहरुले मधेसको समस्या समाधान गर्न ओली सरकारलाई सुझाव दिनुभएको हो ।’‘मधेस आन्दोलन दिल्लीको हो भन्नेहरु केही समयपछि दिल्ली आउँदैछन् आफ्नो दरबारमा लम्पसार पर्न ।’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष महतो भने, ‘भारतपरस्त को हुन् भने कुरा केही समयपछि थाहा हुन्छ ।’
महतोले केही सातापछि नेपाल फर्किएर मधेसको समस्या समाधान नहुन्जेल नाकामा धर्ना बस्ने बताए ।
उनले मधेसको माग पूरा नभएसम्म नाकाबन्दी नखुल्ने पनि बताउँदै उनले भने, ‘हामी वारपारको लडाइँमा छौं । नेपाल फर्केपछि काठमाडौंमा रहनुभएको मधेसी शीर्ष नेताहरुलाई बोलाएर फेरि नाकामा बस्छौं ।’ उनले सरकारले वार्ताको नाटक मात्र गरिरहेको आरोप लगाउँदै मधेसका नागरिक सरकारसँग नगदमा कारोबार गर्ने तर उधारो नगर्ने पनि बताए । अध्यक्ष महतोले मधेस कसैको उपनिवेश नभएको कुरा ओली सरकारले बुझ्नुपर्ने बताउँदै वर्तमान संविधान संशोधनलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि बताए । कार्यक्रम मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें