२७ पुस, काठमाडौं । एक साताअघि आएको भूकम्पले भारतको मणिपुरमा रहेका नेपालीहरुलाई घरबारविहीन बनाएको छ । दार्जीलिङबाट निस्कने हिमालयन दर्पणका अनुसार भुकम्पपीडितमध्ये धेरै नेपालीभाषी छन् ।
घरबार गुमाएकाहरुमध्ये केहीले स्कुलमा शरण लिएको तथा धेरैले सरकारी पालको भरमा निर्वाह गरिरहेको समाचारमा जनाइएको छ । मणीपुरका मुख्य मन्त्री ओकम इबोबि सिंहले दुई दिनअघि पीडितरुलाई भेटेर सहयोगको आश्वासन दिएर गए । उनले सरकारबाट १९ घरलाई सोमबारसम्ममा ९५ हजार रुपैया उपलब्ध गराउने बताएका थिए ।
मणीपुरका भुकम्पग्रस्त गाउँहरुमा चार हजारे, मोतबुङ, कालापहाड, इराङ, लैमाखोङ आदि छन् । चारहजारेभरिमा ५ सय २५ नेपाली घरको बसोबास रहेकोमा तीन सय ५० घर भत्किएका छन् । यहाँ तीन पुरुष र ५ महिला गरी ८ जना घाइते उपचाररत रहेको पनि समाचारमा उल्लेख छ ।
यस गाउँमा अहिलेसम्म सरकारबाट ७२ वटा पाल, एक सय ४० वटा ब्ल्याङ्केट, ३ टीन तेल, ८ प्याकेट दाल, ४८ बोरा चामल, ९ वटा पानीको सिन्टेक्स र ५३ वटा टर्च लाइट प्राप्त भएको छ । मोतबुङमा ७०-८० घर भत्किएर बस्तीकै सार्वजनिक भवनको अगाडि पाल टाँगेर पिडितहरुबसेका छन् । मोतबुङभरि एक पशु मारिएको र ६ व्यक्ति घाइते बनेको समाचारमा जनाइएको छ ।
घरबार गुमाएकाहरुमध्ये केहीले स्कुलमा शरण लिएको तथा धेरैले सरकारी पालको भरमा निर्वाह गरिरहेको समाचारमा जनाइएको छ । मणीपुरका मुख्य मन्त्री ओकम इबोबि सिंहले दुई दिनअघि पीडितरुलाई भेटेर सहयोगको आश्वासन दिएर गए । उनले सरकारबाट १९ घरलाई सोमबारसम्ममा ९५ हजार रुपैया उपलब्ध गराउने बताएका थिए ।मणीपुरका भुकम्पग्रस्त गाउँहरुमा चार हजारे, मोतबुङ, कालापहाड, इराङ, लैमाखोङ आदि छन् । चारहजारेभरिमा ५ सय २५ नेपाली घरको बसोबास रहेकोमा तीन सय ५० घर भत्किएका छन् । यहाँ तीन पुरुष र ५ महिला गरी ८ जना घाइते उपचाररत रहेको पनि समाचारमा उल्लेख छ ।
यस गाउँमा अहिलेसम्म सरकारबाट ७२ वटा पाल, एक सय ४० वटा ब्ल्याङ्केट, ३ टीन तेल, ८ प्याकेट दाल, ४८ बोरा चामल, ९ वटा पानीको सिन्टेक्स र ५३ वटा टर्च लाइट प्राप्त भएको छ । मोतबुङमा ७०-८० घर भत्किएर बस्तीकै सार्वजनिक भवनको अगाडि पाल टाँगेर पिडितहरुबसेका छन् । मोतबुङभरि एक पशु मारिएको र ६ व्यक्ति घाइते बनेको समाचारमा जनाइएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें