मंगलवार, 12 जनवरी 2016

कारखानानै खोलेर अवैध हतियारको कारोबार

२८ पुस, नेपालगन्ज । कैलालीको राप्तीपारि बैजापुरमा लामो समयदेखि कारखाना नै खोलेर अबैध हात हतियार उत्पादन भइरहेको पाइएको छ । बैजापुर ४ का गुन्जसबहादुर लोहारले कारखाना सञ्चालन गरी अवैध हातहतियार बिक्री गर्दै आएका हुन् । लुकीछिपी हतियार बिक्री गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेपछि तथ्य सार्वजनिक भएको नागरिक दैनिकमा खबर छ ।
प्रहरीको क्षेत्रीय अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा आइतबार बेलुकी लोहारको घरमा छापा मारी तयारी अवस्थाका पाँच थान कटुवा पेस्तोल, एक थान रिभल्वरलगायत सामग्री बरामद गरेको थियो । हतियार सहित पक्राउ परेका उनलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको भेरी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यातले बताए । 

कोई टिप्पणी नहीं: