मंगलवार, 22 दिसंबर 2015

महामहिम राष्ट्रपतिलाई खुलापत्र : मधेसी जनताको तर्फबाट म माफी माग्दछु, यहाँ के गर्नुहुन्छ नि ?

महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीजी !
तपाईंको पहिलो गाँसमै ढुङ्गा भेट्टिएको छ । राष्ट्रप्रमुखको रुपमा तपाईंको पहिलो जिल्ला भ्रमण नै विवादित बनेको छ । जनकपुरमा तपाईंको विरोधमा चर्को नाराबाजी र जनप्रदर्शन भयो । त्यो जनकपुरको मात्र विरोध थिएन । त्यो आन्दोलनरत समग्र मधेसकै जनताको आक्रोश र असन्तुष्टिको विष्फोट थियो ।
जनकपुरको त्यो विरोधले यो मुलुकको एउटा भूखण्डका जनताले तपाईंलाई राष्ट्रप्रमुखको रुपमा अहिले पनि स्वीकार नगरेको सन्देश सबैले बुझिनेगरी प्रवाहित भएको छ । मिथिलानगरीको त्यो आक्रोशले तपाईंलाई कट्टर मधेसविरोधी पार्टीको एक जना केन्द्रीय नेताभन्दा बढीको हैसियत दिएन ।
एमालेका केन्द्रीय नेताहरुले पटकपटक मधेस प्रवेश अभियान घोषणा गरे । तर बुटवल, इटहरी, सिमरा, बर्दिवासभन्दा तल झर्न सकेनन् । सत्ता र शक्तिको बलमा जब तपाईंले एमालेको ‘मधेस विजय अभियान’लाई सफल बनाउन जनकपुर जाने निर्णय गर्नुभयो, त्यहीँबाट सबै गडबड सुरु भयो ।
विवाहपञ्चमी भ्रमणको निर्णय गलत थियो भन्ने निष्कर्षमा तपाईं अहिले पुगिरहनुभएको होला । मुढेबल र सत्ताको अहंकारमा जनतामाथि जे पनि लाद्न सकिन्न भन्ने सत्य तपाईंले ढिलै भए पनि अहिले मनन गरिराख्नुभएको होला । तपाईंले अहिले निचोडमा पुगिराख्नुभएको होला, ‘म अब एमालेको उपाध्यक्ष होइन, सबैको साझा राष्ट्रप्रमुख बन्नुपर्दछ । जनकपुरको घटनाले मेरो चेत खुल्नुपर्छ । म अब एमाले उपाध्यक्षको धङ्धङ्गीबाट निस्किनुपर्छ ।’

अहिले पनि तपाईंको चेत खुलेको रहेनछ भने तपाईंले मनमनै अड्डी लिइराख्नुुभएको होला, ‘जनकपुर भ्रमणको निर्णय मेरो ठीक थियो’ । तपाईंले दृढता प्रकट गरिराख्नुभएको होला, ‘म राष्ट्रप्रमुख हुँ, त्यसैले सबैको साझा हुँ । म निर्वाचित जनप्रतिनिधि हुँ, त्यसैले जनप्रिय छु । यो लोकतान्त्रिक मुलुक हो, त्यसैले जहाँ पनि जान सक्छु, भ्रमण गर्नसक्छु ।’
तपाईंका यी सबै आँकलन र विश्लेषण मधेसको दृष्टिमा सरासर गलत छ । तपाईंको प्रतिरोधले पनि तपाईंको एकाङ्की सोचलाई खारेज गरिदिएको छ ।janakpur
मधेसले आज पनि तपाईंका हरेक बोली र व्यवहारमा एमालेकै नेताहरुको झलक पाउँछ । मधेसले आज पनि तपाईंलाई महेन्द्रवादका सबभन्दा प्रखर मानसपुत्र केपी ओलीको छायाँ देख्छ । मधेसले आज पनि तपाईंलाई मधेसको घाँटी रेट्न बनेको कथित नयाँ संविधानमा हस्ताक्षर गरेको सभासद्को रुपमै चिन्छ । मधेसले आज पनि समानुपातिक समावेशी चरित्र बोकेको पहिलो महिला राष्ट्रप्रमुख होइन, खस ब्राह्मणवादी राज्यसत्ताको सबभन्दा अनुदार प्रतीकको रुपमै लिन्छ ।
मधेससँग अहिले राज्यका सारा संयन्त्रले दुश्मनी साँधेको छ । मधेसलाई अहिले स्थानीय सेना, प्रहरी, प्रशासन र अदालतसँग असन्तुष्टि छ । सेना र प्रहरीलाई देख्यो कि उसको रगत उम्लिन थाल्छ । फौजी बुटको आवाजले युवाहरु रिसले काँप्न थाल्छन् । तर तपाईं त्यही सेना र प्रहरीको बलमा जनकपुर जानुभयो । जनकपुरलाई ब्यारेकमा परिणत गरेर युद्धभूमि कुल्चिनुभयो ।
तपाईंले बलजफ्ती र जनभावनाविपरीत जनकपुर जाने निर्णय नगरेको भए आक्रोशित आन्दोलनकारीबाट मिथिला संस्कृति र विवाहपञ्चमीको परम्परामाथि प्रहार हुने थिएन । राज्य संयन्त्रका ‘कुत्ता र जुत्ता’ जानकी मन्दिरमा प्रवेश नगराइएको भए अन्य बखेडा पनि जन्मिने थिएनन् ।
सारा विरोध र चेतावनीका बाबजुद जब तपाईंले जनकपुरमा पाइला टेक्नुभयो, सम्पूर्ण मधेसी जनताले तपाईंको भ्रमणलाई ब्रिटिस साम्राजवादअन्तर्गतको कुनै औपनिवेशिक मुलुकमा यात्रामा निस्किएको बेलायतकी महारानी एलिजाबेथ द्वितीयको भ्रमणसँग तुलना गरे । तपाईंको जनकपुर भ्रमणलाई मधेसी युवाहरुले निरंकुश राजा महेन्द्रको जनकपुर भ्रमणभन्दा फरक देखेनन् ।
तपाईंले जनकपुर प्रवेश गरिरहँदा तपाईंको अनुहार जनकपुरवासीले प्रधानमन्त्री केपी ओलीको प्रतिछाया देखे । त्यसपछि उनीहरुको आँखाले केही देखेनन् । रिसले आँखा नदेख्ने भए । आक्रोशले केही नसुन्ने भए । परिणामस्वरुप, जनकपुरको आकाश ‘मुर्दाबाद’ले गुन्जियो । जनकपुरको वायुमण्डल कालोझण्डाले भरियो । जनकपुरको धर्ती ढुङ्गामुढाले बिछ्याइयो ।
एमालेका केन्द्रीय नेताहरुले पटकपटक मधेस प्रवेश अभियान घोषणा गरे । तर सफल भएनन् । बुटवल, इटहरी, सिमरा, बर्दिवासभन्दा तल उनीहरु झर्न सकेनन् । सत्ता र शक्तिको बलमा जब तपाईंले एमालेको त्यही ‘मधेस विजय अभियान’लाई सफल बनाउन जनकपुर जाने निर्णय गर्नुभयो, त्यहीँबाट सबै गडबड सुरु भयो ।
कुनै अमुक व्यक्ति वा संस्थाले अलच्छिन वा विधवा भनेर तपाईंलाई अपमानित गर्ने प्रयास गरेको छ भने त्यसका लागि माफी माग्नैपर्छ । जनकपुरबाट कसैले माफी नमागे पनि काठमाडौंबाट यो पंक्तिकारले सारा मधेसी जनताको तर्फबाट कोटीकोटी माफी माग्दछ ।
तपाईंले बलजफ्ती र जनभावनाविपरीत जनकपुर जाने निर्णय नगरेको भए आक्रोशित आन्दोलनकारीबाट मिथिला संस्कृति र विवाहपञ्चमीको परम्परामाथि प्रहार हुने थिएन । राज्य संयन्त्रका ‘कुत्ता र जुत्ता’ जानकी मन्दिरमा प्रवेश नगराइएको भए अन्य बखेडा पनि जन्मिने थिएनन् ।
अन्त्यमा एउटा कुरा भन्नैपर्दछ, कुनै अमुक व्यक्ति वा संस्थाले अलच्छिन वा विधवा भनेर तपाईंलाई अपमानित गर्ने प्रयास गरेको छ भने त्यसका लागि माफी माग्नैपर्छ । जनकपुरबाट कसैले माफी नमागे पनि काठमाडौंबाट यो पंक्तिकारले सारा मधेसी जनताको तर्फबाट कोटीकोटी माफी माग्दछ ।
तर, फेरि पनि भन्दछु, विवाहपञ्चमीको त्यो अशुभ घटना राज्यसत्ताको अन्धशक्ति र एमालेको संकीर्ण राष्ट्रवादमा बेहोसिएर तपाईंले विवेक गुमाउँदा घटित भएको हो ।
महामहिम राष्ट्रपतिजी, त्यस गल्तीका लागि उत्पीडित मधेसी जनताको कठघरामा उभिएर तपाईं आफ्नो सफाइ पेस गर्दै गरेको देख्दैछु ।

कोई टिप्पणी नहीं: