मंगलवार, 22 दिसंबर 2015

पाल्पाका गाबिस सचिबहरुले सिडियोलाई भने --"सरकारसंगको आस मारेर भुकम्प पिडित जनताले आफै घर बनाउन थाले"

देब पचभैया पाल्पा, पौष ७ - पाल्पाका गाबिस सचिबहरुले सरकारको सहयोग कुरेर बसेका भुकम्प पिडितहरुले आस मारेर धमाधम रिन खोजेर घर निर्माण गर्न थालेको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारी माझ उनीहरुले सरकारले दिने भनेको सहयोग कहिले आउने हो भनेर प्रश्न पनि गरेका छन् ।
भुकम्पले घर भड्किएकालाई सरकाले दुई लाख रिन दिने र त्यही बाट घर बनाउने भनेर कुरेर बसेका प्रभाबितहरुले आफुहरुलाई दिन दिनै सहयोगको बारेमा सोधीरहेको गुनासो गरेका छन् ।जिल्ला बिकास समिति र गाबिस सचिबहरु बिच सोमबार भएको कार्यसम्पादन संझौता कार्यक्रममा बोल्दै उनीहरुले घरबार बिहिन भएकाहरुले शुरुमा दिने भनेको १० हजार पनि नपाएको गुनासो गरेका छन् ।गाबिस सचिबको गुनासो सुनेपछि पाल्पाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले भुकम्पले पाल्पालाई पनि ठुलो क्षति पुर्याए पनि पाल्पालाई सरकारले बेवास्ता गरेको गुनासो गर्नुभयो ।

शुरुमा बाडिएको दश हजार पनि पाल्पालाई त दिनुपर्छ र ? भनेर केन्द्रबाट आफुलाई प्रति प्रश्न गरेको संझीदै उहाले नया घर निर्माणको लागी सरकार बाट कुनै सहयोग नआएको प्रस्ट पार्नुभयो ।भड्किएका घर निर्माण गर्नको लागी सरकार बाट दिने भनिएको रिन आउन महिनौ लाग्न सक्ने भन्दै उहाले आफु खुशि घर बनाउने लाई सहयोग नआउने स्पस्ट पार्नुभयो ।सरकारी मापदण्ड अनुसार घर निर्माण गर्नुपर्ने निर्देशिका रहेकोले आफु खुशि घर बनाउनेलाई सहयोग नहुने जानकारी दिनुभयो । भर्खर मात्रै प्राधिकरण गठन भएको हल्लीखल्ली आएको र सहयोग जिल्लामा आउने कहिले हो भनेर पत्तै नभएको उहाको भनाई छ । भुकम्प प्रभाबितलाई केन्द्र बाट आएको चार सय बोरा चामल मध्ये दुई सय तीन बोरा बाड्नै नपाएको भन्दै प्रमुख जिल्ला अधिकारी लामीछानेले गाबिसको सिफारिस नआउदा ती चामल बाड्न नपाएको भन्दै कुहिने पिरले आफुले दिन दिनै हेर्नुपरेको गुनासो गर्नुभयो । भुकम्प बाट पाल्पाका दुई हजार बढी घर पुर्ण क्षति भएका थिए ।

कोई टिप्पणी नहीं: