रविवार, 20 दिसंबर 2015

उपत्यकाको घडेरी र जमिनले १३ वर्षलाई मात्र पुग्ने !

Kathmandu (16)५ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा अब १३ वर्षका लागि मात्र पुग्ने आवासीय घडेरी बाँकी रहेको देखिएको छ । उपत्यकामा गरिएको एक अध्ययनबाट यस्तो नतिजा आएको नेपाल आवास तथा घरजग्गा व्यवसायी महासंघका महासचिव मीनमान श्रेष्ठले बताएको अभियान दैनिकमा खबर छ । बहुतल्ले भवन (अपार्टमेन्ट) निर्माणलाई राक्ने हो भने भावी पुस्तालाई उपत्यकामा बस्ने ठाउँको अभाव हुने देखिएको छ । ‘हाल बनाइएको अपार्टमेन्ट निर्माणसम्बन्धी आचारसंहितालाई परिमार्जित गरेर भए पनि यसको निर्माण रोक्न हुन्न,’ श्रेष्ठले भने, ‘अपार्टमेन्टको निर्माण व्यावसायिक रुपमा मात्र नभएर अहिलेको आवश्यकता पनि हो । हाल उपत्यकामा वाषिर्क बन्ने घरको संख्या करिब १५ हजार रहेको छ । 

कोई टिप्पणी नहीं: