रविवार, 20 दिसंबर 2015

सिफारिसमा दुई दिनमै एक लाख लिटर डिजेल वितरण !

५ पुस, काठमाडौं । नेपाल आयल निगमले सिफारिसका आधारमा दुई दिनमा एक लाख दुई हजार लिटर डिजेल वितरण गरेको छ । यो निगमको काठमाडौं उपत्यकामा इन्धन वितरण गर्ने थानकोट डिपोले दिएको परिमाण मात्रै हो । निगमले सिफारिसका आधारमा विराटनगर, अमलेखगन्जलगायतका डिपोबाट पनि इन्धन दिइरहेको छ । 
Petrol Line 7थानकोट डिपोले बिहीबार १६ संस्थालाई समान तीन हजार लिटरका दरले ४८ हजार लिटर इन्धन बाँडेको थियो भने शुक्रबार थप १८ संस्थालाई तीन हजार लिटरका दरले कुल ५४ हजार लिटर वितरण गरेको जनाएको नयाँ पत्रिकामा खबर छ । भारतको नाकाबन्दीयता थोरै आएको इन्धन पम्पबाट ठूलो परिमाणमा वितरण गर्न नसकेपछि निगमले जलविद्युत् आयोजना, बैंक, कृषिजन्य उद्योग, होटेल, अस्पताल, दूरसञ्चार सेवाप्रदायक संस्थालगायतलाई डिपोबाटै डिजेल वितरण थालेको हो । 

कोई टिप्पणी नहीं: