२३ मंसिर, मकवानपुर । मकवानपुरको हाँडीखोला तीन मसिनेमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ ।हाँडीखोलमा रहेको ट्रान्सफर्मर पड्केर गाउँभरी करेन्ट लाग्दा घरमा रहेको सर्वसाधारणलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते अवस्थामा उपचारका लागि ल्याइएका सात जना मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र अन्दाजी ६० वर्षकी ठूलीमाया मोक्तान रहेका छन् ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गाउँमा अन्य धेरै घाइते परेको र उनीहरुलाई उपचारका लागि अस्पताल ल्याइँदै गरेपनि के कति घाइते भएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें